विश्व शान्तिको कामना गर्दै आयोजना गर्ने विश्वशान्ति पूजा अर्थत तेह्रौ बज्रगुरु तूङग्यूर मन्त्र जप कार्यक्रमका लागि जापनमा बसोबस गर्ने शेर्पा तथा गैर शेर्पाले आर्थिग सहयोग गरिएको छ । जपानमा कर्म थलो भनाई रहेका सोलुखुम्बु खरिखोलाका पासाङ्ग तेण्डी शेर्पा र पेम्बा शेर्पाको पहलमा उक्त रकम संकलन गरिएको हो । जापनमा संकलन भएको तीन लाख साठ्ठी हजार रकम राजधानीमा बज्रगुरु व्यवस्थापन समितिका कोषध्यक्ष ल्हाम्पा गेलु शेर्पालाई हस्तानतरन गरिएको जापनबाट पेम्बा शेर्पाले जनाकारी गराउनु भयो ।


बैशाख ३ गतेबाट सोलुखुम्बु जिल्ला खुम्बुपासाङ्ग ल्हामु गाउँपालिका १ पाङगोममा अवस्थित श्री टाशी साङ्ङाग छ्योलिङ्ग गुम्बामा आयोजना गर्न लागिएको मन्त्र जप कार्यक्रमलाई सफल पार्न आर्थिक संकलन गरिएको जापनबाट पासाङ्ग शेर्पाले जनाकारी बताउनु भयो । पछिल्लो समय अग्नी, जल, वायु, धातुबाट हुने विभिन्न दुर्घटनाबाट वच्न र प्राणी जगतमा सुःख शान्तिका लागि गरिने पूजाका आवश्यक आर्थिक संकलन ६ महिना देखि नै सुरू भएको थियो भने जापनमा पेम्बा शेर्पा र पासाङ्ग टेण्डी शेर्पाको पहलमा संकलन भएको थियो ।
विश्व शान्तिका लागि आयोजना गर्ने यस कार्यक्रममा यस वर्ष परम पुज्य जटोल साङगे रिन्पोक्षे, तेङ्वोचे चोवी लामा ङवाङ तेन्जिङ साङपो रिन्पोक्षे, टुल्कु पेम थर्छिन रिन्पोक्षे, साङटाक टुल्कु रिन्पोक्षे, विभिन्न टुल्कु, खेन्पो, लोपेन, विभिन्न गोन्पाका धर्मगुरु, टावा, आनी लगायत बौद्धधर्मवालम्बीहरूको विशेष उपस्थितिमा कार्यक्रम हुने बज्रगुरु व्यावस्थापन समितिका कोषध्यक्ष शेर्पाले जनाकारी दिनु भयो ।
संसारको प्राणी जगतमा सुःख शान्तिका लागि आयोजाना गर्ने यो मन्त्र जप कार्यक्रम गत वर्ष च्याङतेङ उर्गेन छ्योलिङ्ग गोन्पा काँकु सोलुखुम्बुुमा सम्पन्न भएको थियो । सो गोन्पाबाट टाशी साङ्ङाग छ्योलिङ्ग गोन्पा पाङगोमका प्रमुख लामा ङवाङ जोपा र बज्र गुरु व्यवस्थापन समितिका अध्यक्ष लाक्पा सोनाम शेर्पाले तेह्रौ बज्रगुरुको लावा लिनु भएको थियो ।
तेह्रौ बज्रगुरु मन्त्र जप कार्यक्रम सफल पार्न समितिका सम्पूर्ण कार्यसमिति, खुम्बु पासाङ ल्हामु गाउँपालिका लगायत सोलुखुम्बु वासी एक जुट बई लागि परिएका छन् भने बौद्ध धर्ममा आस्था राख्ने र प्रवासमा कर्म थलो भनाईका नेपालीहरुले सहयोग गरिएको छ ।