Women’s confidence महिलाहरूको आत्मविश्वास अभियान विश्वको सर्वोच्च शिखर सगरमाथाका लागि सगरमाथा अाधार शिबिर तर्फ यात्रा सुरु गरेको तीन महिलालाई खुम्बु पासाङ ल्हमु गाउँपालिकाले स्वागत तथा अार्थिक सहयोग प्रदान गरिएको छ । अभियान सगै नेपालको राष्ट्रीय झण्डा, राष्ट्रीय विभूति पासाङल्बामू शेर्पा, माहान नेता मदन भण्डारी को तस्वीर एवं प्रतिष्ठा, पहिलो चोटी खुम्बु पासाङल्हामू गाउ पालिकाको लोगो एवं झण्डा सहित विश्वको सर्वोच्च शिखर सगरमाथा को आरोहण गर्न आधार सिविर तिरा हिडेेकी खुम्बु पासाङल्हामू गाउ पालिका वडा नं ३ सानोगुमेला की लाक्पा याङजि शेर्पा, खुम्बु पासाङल्हामू गाउ पालिका वडा नं १ खरीखोला कि पासाङ ल्हामू शेर्पा र सोलु दुधकुण्ड नगरपालिका की याङडी शेर्पालाई खुम्बु पासाङल्हामू गाउ पालिकाले चियापन कार्यक्रम अायोजना गरि सफल यात्राको शुभकामना व्यक्त गरिएको हो ।

चियापन कार्यक्रममा  कार्यपालिकाको निर्णयबमोजिमको नगद रू दुई लाख सहयोग रकम प्रबक्ता लाक्पा शेर्पाले प्रधान गरी शुभकामना ब्यक्त गरियो । शुभकामना कार्यक्रममा खुम्बु पासाङ ल्हमु तीनका महिला सदस्य दाली शेर्पा, उमा बराईली लगायत स्थानीयको उपस्थित रहेको थियो ।