जाङमु ईनन शेर्पाको नयाँ म्यूजिक भिडियो चाँडै बजारमा अाउने भएको छ । शेर्पा समुदायको नादिङ भाकाबाट मोडलिङमा प्रवेश गरेकी शेर्पा पछिल्लो समयमन नेपाली गीतहरूमा पनि अभिनय गर्न सुरू गरेकी छिन् । कलेज पर्दा उद्घोषण गर्ने उदेश्य सँगै समुदायमा अाएकी शेर्पाले दर्जन भन्दा बढी गीतहरूमा अभिनय गरेकी छिन् ।

शेर्पाको भर्खरै छयाँकन भएको मन यो पागल मन चाँडै समुदायमा अाउने भएको हो । उत्तम थापा मगरको शब्द संगीत रहेको मन यो पागल मन मा जाङमु ईनन शेर्पा र उत्तम थापा मगरको अभिनय छ । प्रवशा अधिकारीको स्वर रहेको गीतको निर्देशन प्रवेश ठाकुले गरिएको छ ।

संखुवासभाको एक विकट बस्तीमा जन्म भएका जाङमु ईनन शेर्पा समुदायमा चर्चित मोडलको रूपमा चिनिन्छ । शेर्पाले मोडलिङ सँगै देश तथा विदेशको स्टेजहरूमा कार्यक्रम सञ्चालन गर्दै अाएकी छिन्  । शेर्पा मोडेल सँगै स्नातक तहमा अध्ययन गरि रहेकी छिन् भने शेर्पा कलाकारहरूको छाता संगठन शेर्पा कलाकार संघको कोषाध्यक्ष पनि हुन् ।