इन्टरनेशनल फेडरेशन अफ क्योकुसिन काईकान कराते संघको अध्यक्षमा निमा शेर्पा निर्विरोध चयन भएको छ । नेपाल शेर्पा विद्यार्थी संघको केन्द्रीय उपाध्यक्ष समेत रहेको शेर्पालाई चयन गरी समिति गठन गरिएको छ । शेर्पाले विद्यार्थी संघमा रहेर शेर्पा विद्यार्थीहरुको हक हित र अधिकारका लागि महत्त्वपूर्ण योगदान पुर्यउदै अाई रहेको थियो । शेर्पा अध्यक्षतामा ९ सदस्यीय कार्यसमितिमा गठन गरिएको हो । इन्टरनेशनल फेडरेशन अफ क्योकुसिन काईकान कराते संघ नेपालका केन्द्रिय सदस्य डिक कुमार प्रधानको उपस्थितिमा चैत्र १७ गते गठित कार्यसमितिमा आशिष प्र.सिंखडा उपाध्यक्ष,सचिवमा असितमान श्रेष्ठ, कोषाध्यक्षमा डोमा तामाङ, सदस्यमा पासाङ तामाङ, रमेश गोले, सम्झना लामा, सजिव वाईवा, प्रवेश तामाङ रहेका छन । आफनो स्कुले जीवनदेखि नै कराते खेलमा लागेका शेर्पाले केहि प्राविधिक कारणले कराते खेल्न छोडेका थिए तर आफनो इच्छा पुरा गर्न र खराते खेलमा केहि गर्ने उदेश्य सहित पुनह यो खेलमा लागेको जानकारी दिनुभयो । खेलमा फर्के लगत्तै भर्खरै सम्पन्न भएको पहिलो उपत्यका क्योकुसिन काईकान कराते प्रतियोगितामा दोस्रो स्थान हाँसिल गरेका छन ।