शेर्पा समुदायमा कलाकारहरु औलमा गन्न सकिने संख्यमा छन् ।  अझ भन्ने हो भने यसमा पनि महिलाको उपस्थिति कमै मात्रामा छन् । परिवारको सहयोग, समुदायमा कलाकार प्रतिको हेर्ने दृष्टिकोण, अवसरले गर्दा शेर्पा समुदायमा एक दुई जना आएकी गायिका पनि विस्तारै कलाकारिता पेशाबाट बाहिरिन बाध्यात्मक स्थिति शेर्पा समुदायमा कुनै नौलो विषय हैन । यस्तै चुनौतिका बीचमा पनि केही शेर्पा महिलाहरु पछिल्लो समय संगीत क्षेत्रमा उदाउदै गरेका छन् । यस्तै गायिका मध्यको एक हो लामु शेर्पा ।

विद्यार्थी जीवनबाटै संगीतमा रुची राख्ने लमु शेर्पा अहिले आधुनिक गायिकाको रुपमा चर्चा कमाउदै आई रहेकी छिन् । सिन्धुपाल्चोक जिल्लामा जन्मेकी शेर्पा सानो उमेरमानै चार वटा भन्दा बढी अधुनिक गीत गाउन सफल भएका छन् भने विभिन्न स्टेजहरुमा आफ्नो प्रस्तुति दिई सकेकी छिन् ।

श्री झिर्पू उ. मा. विमा कक्षा ६ अध्ययन गर्दा देखिनै विद्यालयका शिक्षाक हरुको सल्लहामा गीत गाउन सुरु गरेकी लमु शेर्पा आधुनिक गीतबाट नै राष्ट्र कलाकार भन्ने उद्देश्यले अगाडी वढेकी छिन् । उनी आफु संगीतमा सफलता हात पर्नुको श्रय आफ्नो संगीत शिक्षक तथा पप गायक प्रमोद निर्वालाई दिन चहान्छिन् त्यसै गरि राजेश श्रेष्ठ र अजय ठकुरीलाई पनि सम्झना चहेकी छिन् । सँगसँगै परिवारको साथ, सहयोग साथी भाईको हौसला र दिदीको सल्लहा र मायाले गर्दा संगीतमा प्रवेश गर्न सहज भएको बताएकी छिन् ।

स्नातक पहिलो श्रेणीमा अध्ययन गरि रहेकी शेर्पा संगीत क्षेत्रमा सफलता प्रप्ता गर्नमा शेर्पा समुदायको साथ सहयोगको अपेक्षा समेत रखेकी छिन् । २०५५ मा जन्मेर सानो उमेरमा नै संगीत क्षेत्रमा पाईला सारेकी लमुले आधुनिक गीत सँगै शेर्पा भाषामा पनि गीत गाउने सोच राखेकी छिन् । यसरी सानो उमेरमा नै संगीत यात्रामा पाईला सारेर राष्ट्र कलाकार भन्ने सोचले अघि बढेकी शेर्पाको संगीत यात्रा सफल होस हाम्रो पनि शुभकामना ।