जपानमा रहेको उडल्याण्ड एकेडेमीले नेपालमा पनि कियर गिभर टे«निङ सेन्टर सञ्चालनमा ल्याएको छ । पछिल्लो समय जापानमा बृद्धबृद्धाको संख्यामा बृद्धी हुँदै गर्दा जापानले विभिन्न देशबाट बृद्धबृद्धाहरुको हेरचाह गर्न कियर गिभर ल्याउन थालेको छ । सोही कारण जापानी नागरिक (oyama mamoru) ओयामा मामोरोले सञ्चालन गर्दै आएका उडल्याण्ड एकेडेमीकै शाखाको रुपमा नेपालमा पनि कियर गिभर टे«निङ सेन्टर सञ्चालनमा ल्याइएको सेन्टरका नेपाल संयोजक पेम लाक्पा शेर्पाले बताए । उनले नेपाल सरकार र जापान सरकारको अनुमती लिएर कियर गिभरलाई जापानमा काम लगाउने दावी गरे ।उडल्याण्डका सञ्चालकहरु दायाँबाट क्रमश निदेशक मियातार्की आकिहिको,संयोजक पेमा लाक्पा शेर्पा र बहादुर शेर्पा

के हो कियर गिभर ?

पछिल्लो समय जापानमा बर्षेनि बृद्धबृदाको संख्या बढिरहेको छ । यसै कारण यहाँ उनिहरुको स्यहार सुसार गर्न बाहिरी मुलुकबाट तालिम प्राप्त र भाषाको ज्ञान भएका कामदार ल्याइन्छ । उनिहरुले निश्चित मापदण्ड पुरा गरेपछि विभिन्न बृद्धाश्रममा रहेका बुढाबुढीको स्यारसुसार गर्न पाउछन । अहिले नेपाल लगायत कन्य केही मुलुकबाट जापानले कियर गिभर ल्याईरहेको छ ।

कस्तो मापदण्ड पुरा गर्नुपर्छ ?

केयर गिभरको लागि उडल्याण्ड एकेडेमीले यतिबेला राजधानीको चुच्चेपाटीमा टे«निङ दिईरहेको छ । जापान बाट आएका अनुभवी र पुराना तालिमकर्ताले ६ महिनाको तालिम दिएपछि उनिहरु काम गर्न योग्य हुनुपर्छ ।

यद्यपी जापानमा जापानिज भाषा जानिएन भने कुनैपनि कामको लागि योग्य ठहरिदैन । त्यसकारण एकेडेमिले भाषा तालिमको लागि छु«ट्टै तालिम केन्द्र सञ्चालन गरेको छ । उडल्याण्ड जापानिज भाषा तालिम केन्द्र । केन्द्रले जापानिज भाषाको तह एन थ्री गरेपछि जापानमा कियर गिभरको काम गर्न कुनै समस्या नरहने बताएको छ ।

कस्तो हुन्छ पक्रिया ?

उडल्याण्डका कार्यकारी निर्देशक मियातार्की आकिहिको (miyatake akihiko)का अनुसार सबैभन्दा पहिला त तालिम र भाषाको विषयमा स्पष्ट हुनुपर्छ जसले गर्दा जापानमा किय गिभरको काम गर्न कुनै अप्ठ्यारो हुदैन ।

त्यसपछि स्वास्थ्य परिक्षण,श्रम स्विकृती जस्ता कामहरु गर्नुपर्छ । कियर गिभरको जापनमा तिन बर्षको अबधी रहने त्यहाँको सरकारी नियम नै छ । सम्पुर्ण पक्रिया सकेपछि भिषा आउन कम्तिमा ४ महिना लाग्ने नेपाल संयोजक शेर्पाले बताए ।

कती लाग्छ खर्च ?

संयोजक शेर्पाको अनुसार जापानमा कियर गिभरको काम गर्न जान सबै पक्रिया पुर्याउदा बढीमा साँढे २ लाख लाग्ने बताए । उनले नेपालको पक्रिया,हवाईभाडा,जापानमा २ महिनाको तालिम समेत गरी सबैगरी साँढे २ लाखमा कियर गिभरमा काम गर्न सकने बताए ।

अनाथलाई उडल्याण्ड एकेडेमीको प्रथमिकता

उडल्याण्डका प्रमुख मियाताकी आकीहिको (oyama mamoru) ले बर्षभरीमा नेपालमा १८ बर्ष पुरा गरेका १२ अनाथहरुका लागि कियरगिभरमा निशुल्क लैजाने बताएका छन । उनले नेपलमा कियर गिभरको तालिम,भाषा तालिम यहाँको प्रत्रियामा लाग्ने खर्च र जापानमा समेत लाग्ने पक्रियागत खर्च निशुल्क गरिने बताएका छन । जापानको कोवे सिटीमा रहेको बृदाश्रमहरुमा काम लगाउन कम्पनीले सम्झौता गरेको छ ।

Headlinenepal