सर्वसाधारण तथा वाटोमा हिड्ने पर्यटक, भरिया लगायतलाई नि. स्वाथ्य उपचार गर्ने उदेश्यले गाउँघर स्वाथ्य क्लिनिक समिति गठन भएको छ । विरामी पर्दा उपचारकका लागि टाढा जानु पर्ने र वाटोमा हिड्नेलाई समेत विरामी हुदा समस्य पर्ने भएका हुनाले यस समस्यबाट मुक्त गर्न गाउँपालिकाले स्वास्थ क्लिनिकलाई आफ्नो योजनामा पारिएर कार्यक्रम अगाडी वढाएको छ ।

खरिखोला वुक्सामा कार्यपालिका सदस्य आङ दावा शेर्पाको विशेष उपस्थितिमा कार्यसमिति चयन गरिएको थियो । गंगाराम राईको अध्यक्षतामा गठन भएको समितिमा उपाध्यक्ष ग्याल्जेन शेपा, सचिव हस्ता वा. लिम्बु, सह सचिव दाली शेर्पा, कोषध्यक्षमा ङिमा दिकी शेर्पा र ६ सदस्य गरि ११ कार्यसमिति गठन गरिएको हो । गाउँपालिकाको प्रतेक वर्डमा गठन हुने कार्यक्रम रहेको पनि शेर्पाले बताउनु भयो । वुक्सामा यस योजनालाई सफल पार्न ङिमा साङ्गगे शेर्पा र काम पुटी शेर्पाले स्वास्थ क्लिनिक भवन निर्माणका लागि ४ रोपानी जग्गा निशुल्क प्रदान गरिएको पनि कार्य पालिका सदस्य आङ दावा शेर्पाले जनाकारी दिनु भयो । पर्यटकीय क्षेत्र खुम्बुमा यस्तो कार्ययोजना सुरु गर्नु सकारात्मक कदमको रुपमा लिन सकिन्छ ।