खुम्बु पासाङ्ग ल्हामु गाउँपालिका १ मा पर्ने मने डाँडा देखि पैया खोला सम्मको गोरेटो वाटो निर्माण भई रहेको छ । सोलुखुम्बु जिल्लाको पर्यटकिय बाटो खुम्बु पासाङ्ग ल्हमु गाउपालिकाबाट वर्ड न १ मा विनियोजन गरिएको वजेटबाट निर्माण कार्य सुरु गरेको थियो । माघ २१ गतेबाट सिलान्यास गरि सुरु गरिएको वाटो निर्माण कार्य यही आर्थिक बर्ष भित्र सम्पन्न गर्ने उदेश्यले कार्य सुरु भई रहेको जनाकारी दिएको छ । ४० लाखको लगानीमा सुरु भएको निर्माणबाट स्थानिय, पर्यटक, लगायत खुम्बु क्षेत्रमा पर्यटन व्यावसायका लागि आउनै कयौलाई फाईदा पुग्ने विश्वास गाउँपालिकाले लिएको छ ।

तेन्जिङ्ग नोर्गे शेर्पा र सर एडमण्ड हिल्लारीले सगरमाथा आरोहण गर्दा जिरी देखि यात्रा गरि आरोहण गरिए पश्चात यस गन्तव्यलाई पर्यटनको बाटोको रुपमा प्रयोग गर्दै आई रहेको थियो । सदरमुकाम र खुम्बु क्षेत्रलाई जोढ्ने यो बाटोमा राजनितिक दलहरुको ध्यान नजादा खुम्बु बासी लगायत पर्यटन व्यावसायीले समस्य खेप्नु परेको थियो । सानो सागुरो बाटोमा खच्चर, मानिस एउटै वाटो हिड्ना वाध्य भएको र गाउँपालिकाको निर्माण कार्यले सशज भनाउने आशा राखिएको व्यापारका लागि प्रतेक हप्ता लुक्ला, नाम्चे वजारका लागि यात्रा गरि रहने कृषक र पर्यटन लगायत भरियाहरु खुःसी भएका छन् ।

स्थानिय दावा नुर्वु शेर्पाको नेतृत्वमा निर्माण भई रहेको माने डाँडा देखि पैया खोला सम्मको गोरेटा बाटोे निर्माण कार्य आर्थिक वर्ष भित्र सक्ने लक्ष्यका साथ भईरहेको गाउँपालिकाका कार्यपालिका सदस्य आङ दावा शेर्पाले जनाकारी दिनु भयो । खुम्बु पासाङ्ग ल्हमु गाउँ पालिकाले सडग सञ्जाललाई विशेश महत्वका साथ निर्माण गरि रहेको छ ।