सोलु दुधकुण्ड नगरपालिका २ फेरावासी बीच वैज्ञानिक वन सम्बन्धी एक दिने अन्तरक्रिया तथा छलफल कार्यक्रम काठमण्डौँमा सम्पन्न भएको छ । सरकारले तय गरेको वन निती २०७१ अन्तरर्गत वैज्ञानिक वन सम्बन्धी राखिएको अन्तरक्रियामा जिल्ला वन अधिकृत, सहयक वन अधिकृत, सोलु दुधकुण्ड नगरपालिका वाड २ का अध्यक्ष मिङमार दोर्जी शेर्पा, नेपाल वन उघोग परिषद्का प्रतिनिधि लगयत फेरा वासीहरुको उपस्थिति रहेको थियो ।

काठमण्डौको बौद्ध स्थित होटल टिबेटमा आयोजना गरिएको सो कार्यक्रममा साहयक वन अधिकृत कृष्ण बा. थापाले वैज्ञानिक वन व्यावस्थापन बारे कार्ययोजना प्रश्तुत गरेको थियो । कार्यक्रममा उपस्थित सबैले उक्त कार्ययोजना माथि जिज्ञासा, सल्लाह सुझाव राखेको थिए । सल्लाह सुझव राख्ने अधिकंशले सोलुखुम्बु जिल्लामा वैज्ञानिक वन व्यावस्थापन कार्यान्वयन गर्न कति उपयुत हुन्छ, भन्ने विषयलाई गम्भिरताका साथ उठान गरिएको थियो । सोलुखुम्बु जिल्लाका सामुदायिक वन माध्य पिके सामुदायिक वन र खासोङमा सामुदायिक वन वैज्ञानिक वन व्यावस्थापनको कार्ययोजना तयारीका लागि स्विकृत कार्यक्रम भएको हुनाले उपभोक्तहरु वीच अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको नगरपालिका २ वाड अध्यक्ष मिङमार दोर्जी शेर्पाले बताउनु भयो ।

सोलु दुधकुण्ड नगरपालिका २ फेरावासीले खासोङमा सामुदायिक वन उपभोक्त समिति गठन गरी आफ्नो मातहतमा पर्ने वनलाई संरक्षण गर्दै आई रहेको छ । करिव ९४८ हेक्टरमा रहेको खासोङमा सामुदायिक वनलाई वैज्ञानिक वन व्यावस्थापन योजनामा परी धेरै पुरानो बुढो भएका रुखहरुलाई छनौट गरी त्यसबाट आर्थिक बृद्धि गर्ने उदेश्य राखिएको छ । करिव ५० वर्षको योजना पारी सुरु गर्न लागिएको यो कार्यक्रम प्रति फेरावासीको चासोको विषय भनेको छ । यस सम्बन्धी अझै थप अन्तरक्रिया कार्यक्रम आयोजना गरी गाउँ र काठमण्डौमा बासोबास गरेका फेरावासीको सल्लहबाट नै कार्यक्रम अघि बढाउने जिल्ला वन अधिकृतले वताउनु भयो । अन्तरक्रिया कार्यक्रमबाट क्याम्जे क्लव फेराले खासोङमा सामुदायिक वन उपभोक्त समितिको खासोङमा समुदायिक वनलाई वैज्ञानिक वन बनाउने या नबनाउने उपभोक्त समतिमको निर्णयलाई नै सर्मरर्थन गर्ने क्लवका अध्यक्ष आचार्य सार्की शेर्पाले वताउनु भयो ।