गत संसदिय आम निर्वचनको जनमतले लगभग गुगलमा खोज्नुपर्ने अवस्थामा पुगेको राप्रपा प्रजाति तिन ओटै राप्रपा, प्रजतन्त्रिक र राष्ट्रियबादी यतिवेल अन्योल पुर्ण अवस्थामा रहेको देखिन्छ । संघिय संसदमा राप्रपाको एक सिट र प्रदेश सभाहरुमा केहि सिट , राप्रपा प्रजातन्त्रिकको ३ नम्बर प्रदेश सभमा एक सिट बाहेक राप्रपा प्रजातिको संघिय लोकतन्त्रिक गणतन्त्र नेपालको संसदहरुमा उपस्थिती शुन्या देखियो । यो अवस्थाले इतिहासकै अत्यन्त कम्जोर संगठनको रुपमा रहेको पुष्टि गर्दछ ।

यसबाट पर्टि संगठनलाई कसरि अगडि बढाउने भन्ने सन्र्दभमा राप्रपा अध्यक्ष कमल थापा , राप्रपा प्रजातन्त्रिक अध्यक्ष पशुपति सम्शेर ज.ब. राणा र राष्ट्रयबादीका अध्यक्ष डा. प्रकास चन्द्र लोहनी आ आफनै रणानितिमा तल्लीन रहेको वेला पुर्व राजा ज्ञानेन्द्र शाहले झापाको दमकमा तिन औटै पार्टिका दोस्रो र तेस्रो पुस्ताका नेताहरुलाई बोलाएर जसरी पनि तिन ओटै राप्रपालाई मिलउन दबाब दिएपछि थापा , राणा, लोहनी एका–एक झस्कन पुगेका छन् । आधिकरीक रुपमा कुनै प्रतिकृय नदिएपनि यो भेटघाटको उदेश्य र नियत सफा नरहेको प्रतिकृयहरु उनिहरु निकट स्रोतले बाहिरा ल्यईरहेका छन । सामजिक सञ्जालहरु मार्फत त्यो कुरा प्रस्ट बुज्न सकिन्छ । हुन पनि एतिबेला यो दबाव दिनु पछाडि के कारण छ ? यो दबाव निर्वाचन अघाडी किन दिईएन ? यसरी बारम्बार राप्रपाको राजनितिमा हस्तक्षेप गरिरहनुको कारण के हो ? यसको जवाफ राप्रपाका कर्याकर्तहरुले खोजिरहेका छन । एक जना राप्रपाका बरिष्ठ नेताले भन्नु भयो “२०४० मा सुर्य बाहदुर थापा बिरुद्ध जुन पात्र र प्रवृतिले षडयन्त्र र प्रहार गरेको थियो । त्यही पात्र र प्रबृतिले आज तिन ओटै राप्रपालाई प्रहार गरिरहेको छ । हामी होसियार हुन जरुरी छ”। राजनितिमा आफनो औचित्य र सान्र्दभिकता समप्ता भएपछि सामजिक सम्पर्क र सम्बन्धको लागि यो भेटघाट गरिएको पनि हुन सक्दछ ।यसलाई राजनितिक रुपमा महत्व दिईरहनु पर्ने जरुरी पनि देखीदैन ” ।

आफनो २८ बर्षे राजनितिक जिवनको कार्यकालमा राप्रपा झन्डै त्यतिनै पटक विभाजन र एकताको गोल चक्करमा निरन्तर फसिरहयो । त्यसको प्रमुख कारण र पृष्ठभुमिमा जुन पात्र र प्रबृति हावी भएको थियो । आज पनि त्यही पात्र र प्रबृतिका कारण राप्रपाहरु फेरी एकचोटि एकताको गोलचक्करमा पर्ने संभावना बढदै गइरहेको देखिन्छ । यसबाट पनि राप्रपाका नेता र कार्यकर्ताहरुले आफु र आफनो पार्टिको निर्णय क्षमताको आधार जनतालाई बनउन सकिरहेको छैनन भन्ने कुरा अनुमान गर्न सकिन्छ । पार्टिलाई ६ ÷६ महिनामा एकता र विभाजनको गोलचक्करमा फसाएर जनतालाई निरास बनाएको परिणाम त नेपासिल जनतालेगत संसदिय निर्वाचनमा गतिलो झापड दिएनै । तर बारम्बारका घटना र परिघटना बाट पनि राप्रपाका नेताहरु सुधरिएको देखिएन ।
समयले राप्रपालई चार पटक सरकारको नेतृत्व गर्ने अवसर र दर्जनौ ब्यक्तिहरुलाई उपप्रधान मन्त्रि र मन्त्रि बन्ने अवसर प्रदान गर्याे । तर समय , जिम्मेवरी र भुमिकालाई सहि सदुपयोग गर्न नसकदा आज राप्रपा प्रजाति ३ प्रतिशत नेपाली जनताको विश्वास पनि प्राप्त गर्न नसकिने अवस्थामा आइपुग्यो । यसको दोष कस्लाई दिने ? र यसको जिम्मेवरी कस्ले लिने ? यि र यस्तै प्रश्नहरुको जवाफ कार्यकर्ता र आम मतदाता समक्ष नपु¥यई ई पार्टिहरु जति पटक एकता गरेपनि निरर्थक हुने देखिन्छ । यसको जवाफ दिने आँट र हिम्मत थापा, राणा र लोहोनिले गर्न जरुरी छ । राजनितिमा गल्ती कमि कम्जोरीको आत्मा आलोचन गर्दै अघडि बढन सकिन्छ । गल्ती नदो¥यउने प्रतिबद्धता गर्नु पनि आजको पहिलो र अनिर्वाय आवस्यकता देखीन्छ । त्यस पछि मात्र एकताको एक सरो वातावरण बन्न सक्दछ ।

बदलिदो नेपालको परिर्वतीत एजेन्डा र नेपालको संविधान २०७२ लाई पुर्ण रुपले आत्मासाथ गरेर दोस्रो पुस्तालई पुर्ण रुपमा विश्वास गर्दै तिन ओटै पार्टिको बर्तमान नेतृत्वा तयार हुने हो भने एकता र मेलमिलपको सर्थक परिणाम आउन पनि सक्दछ तर त्यो एकता र मेलमिलप कसैको चाहना र दबावमा होइना आम कार्यकर्ताहरुको चाहन र भावन अनुसर हुनु जरुरी देखिन्छ । मुलुकमा एउटा राष्ट्रयबादी प्रजतन्त्रिक शक्तिको अजै खाँचो छ । त्यो खाँचो परिपुर्ति गर्न ३ ओटै राप्रपाको बिचमा सर्थक एकता अवस्यक देखिन्छ । तर त्यो एकता कससैको लागि होईन मुलुक जनता र लोकतन्त्रको लागि हुनु जरुरी छ । यसको लागि कमल थापा , पसुपति सम्शेर ज.ब राणा, डा. प्रकास चन्द्र लोहनीले उदार लचिलो र सहिष्णु हुँदै दोस्रो पुस्ताको नेताहरु दिपक बोहोरा , बिक्रम पाण्डे , सुनिल ब. थापा , राजिव पराजुलि , बुद्धिमान तामाङ , दवल सम्शेर ज.ब राणा लगायतलाई नयाँ सोच र सिरबाट पार्टि संगठनलाई अघाडि बढाउने प्रयसको थालनी इमन्दरीतका साथ गर्ने हो भने राप्रपालई निरन्तर विभाजन र एकाताको गोलचक्कर बाट माथि उठाउन सकिन्छ । मात्र खाँचो छ सबै तह र तप्कामा इमान्दरीता र विश्वासको , लागनसिलता र कृयसिलताको , प्रशिक्षित र जुझारु संगठनको यो प्रयास आगमी चार बर्ष जारी राख्ने हो भने आगमी संसदिय निर्वाचनमा एकिकृत भएको राप्रपाले झन्डै ५ प्रतिशत भन्द माथि मतदातको विश्वास जित्न सक्ने देखिन्छ । तर बिगत २७ बर्ष देखी यो स्तम्भाकार पनि राप्रपाको तिनै नेतृत्वा संग हातेमालो गर्दै अघाडि बढिरहेको कारण पार्टिको शिर्स नेतृत्वा तहको मानोबिश्लेषण गर्दा परिस्थिती सहज र सरल भने देखिदैन । सदाँ सकारत्मक र रचनात्मक भएर निरन्तर अघाडि बढने प्रयास को कारण मात्र यति आसाबादी हुन जरुरी पनि छ ।

समग्रमा भन्नु पर्दा मुलुकको राष्ट्रिय राजनितिमा सशक्त र प्रभावकारी स्थान हाँसिल गर्नको लागि परिर्वतन र अग्रगमानका एजेन्डालाई आत्मासाथ गर्नै पर्दछ । राजनितिमा जनता भन्दा ठुलो शक्ति कोही हुँदैन । मुलुक ,जनता, अग्रगमन र अर्थिक समृद्धिको एजेन्डालाई उच्चा प्रथामिकतामा राखेर पार्टि संगठनलाई अघाडि बढाउन सकेमा राप्रपाको भविश्य एक चोटि समदुर रहन सक्ने देखिन्छ ।

 

              पत्रकार तथा राजनितिक विष्लेशक

              freelancerkiran@gmail.cpm