शेर्पा समुदायमा कलाकारको संख्या आँैलामा गन्न सक्ने समयमा समुदायमा नयाँ सेलो गायकको रुपमा उदाउदै छन् गायक फुर्वा शेर्पा । शेर्पा समुदायको पुख्यौली देखि प्रयोगमा आई रहेको नादिङ तथा सेलो भाका गीत गाएर शेर्पा समुदायको संगीतलाई विश्व सामु चिनाउने सोचले गायनमा प्रवेश गरेको शेर्पा अहिले आफ्नो पहिलो एल्वम हिमाली गाउँको विमोचनको तयारीमा छन् । पाँच वाट सेलो तथा नादिङ गीत समावेश भएको एल्वम हिमाली गाउँ समुदायमा ल्याउन पाउदा उनी खुशी छन् । शेर्पा समुदायका कलाकारहरु राष्ट्र स्तरमा पुग्न सक्नु पर्छ भन्ने उद्देश्यले अघि बढेको शेर्पाको हिमाली गाउँ चैत्र १७ गते एक कार्यक्रम बीच सार्वजानिक गर्ने भएको छ ।

दोेलखा जिल्लामा जन्मेको शेर्पाले छोटो समयमा नै राम्रो परिचय जमाउन सफल भएका छन् । सानोमा राम्रा कलाकारको गीत सुनेर आफु पनि यहि पुग्ने सपना लिएर संगीतमा यात्रा बाढाएको शेर्पाको पहिलो एल्वम हिमाली गाउँमा समावेश गीत यु च्यूरुक र सोलुमा सँगै आजीलाई नादिङ वाकाले समुदामा राम्रो स्थान पाएका छन् । आफुले पाएको यो सफलताको श्रेया शेर्पा समुदायको पहिलो निदेशक आङ ङिमा शेर्पा ( कुङ्गा ) लाई दिएका छन् । शेर्पा समुदायमा संगीत सँग राम्रो ज्ञान भएका व्याक्तिहरु कमै भएकाले सुरुमा निकै गाह्रो भएको र आङ ङिमाको साथले गर्दा नै अहिले पहिलो एल्वम ल्याउन सफल भएको उनले वताएका छन् ।

शेर्पा समुदायका कलाकारहरु यसै क्षेत्रमा करियर वनाउन समुदायको साथ र सहयोगको उत्तिकै जरुरत पर्छ । यसमा समुदायले भएका कमजोरीलाई सच्याई आघि वढ्ने हौसाल प्रदान गर्ने हो भने राष्ट्र स्तरसम्मा पुग्ने सपना रहेको उनले वताएका छन् । फुर्वा शेर्पा विदेशी भूमी दुवाई ३ वर्ष संगर्ष गरेर संगीतमा पाईला राखेका थिए । शेर्पाले आफ्नो गीत आउनु पुर्व नै दुवाईका विभिन्न स्टेजहरुमा कवर गीतबाट आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए भने पछिल्लो समय नेपालका विभिन्न स्टेज सोहरु हात पार्न सफल भएका छन् । शेर्पा आफ्नो पहिलो  एल्वम विमोचन पश्चान नयाँ सेलो र स्वाबु्र गीत ल्याउने तयारी गरि रहेको बताएको छ ।  यसरी नेपाली संगीत क्षेत्रबाट नै आफ्नो भविष्य बनाउने सोचले आघि बढेको फुर्वा शेर्पा ( थुप्तेन वोसेर ) को सपना पुरा होस हाम्रो पनि शुभकामना ।