काठमाण्डौं,१(माघ,शेर्पा सञ्चार समुह नेपाल) नुवाकोट जिल्लाका दक्षिण भेक तारुका ग बि स ५, को चन्दनीमा हरेक बर्ष माघे संक्रान्ती  मकर मेला जात्रा को अवसरमा गोरु जुधाउने पर्बको रमाईलो गर्ने परम्पर नै बसेको थियो । यो मेला प्रख्यात ऐतिहसिका मेलाको रुपमा लिईन्थ्यो ।सयौं बर्ष पहिलोदेखि चलेको यस जात्रामा स्थानीय आ आपनो घरका बलियो गोरु ल्याएर एक आपसमा मनोरन्जनार्थ जुधाईन्छ  भने जित्ने गोरुलाइ पुरस्कार पनि पाईन्थ्यो । हरेक बर्ष झै यो बर्ष पनि स्थानीयहरुले जम्मा १८ हल गोरु जुधाईएको बताईएको छ । जोखिमपूर्ण खेललाई राजनीतिमा गोरु जुधाई बुल फुटाईको नाम दिएका पाईन्छ । यसता प्रचालन बिशेष गरि बिदेश तिर नयाँ बर्षमा मनाउने गरिन्थ्यो । यो गोरु जुधाउने जात्राले पर्यटकहरु  भित्राउनु पनि मद्दत गर्दछ ।यस स्थानमा ताकेश्वरको मन्दिर रहेको छ । जहाँ दशैमा बिशेष पूजा आरधना हुन्छ ।स्व राजा श्री ५ महेन्द्रको मामाघर  समेत भनिने गाँउ र अन्य ठूला ठूला टारहरुमा गोरु जुधाएर जात्रा मनाउँदै मनोरन्जन गर्ने परम्परा मल्लकालिन  राजाको पालादेखि नै चलेको बताईन्छ ।
कार्मा शेर्पा
शेर्पा सञ्चार समुह नेपाल