ताप्लेजुङ शेर्पा समाज ताप्लेजुङले स्थापना भएकको ६ महिना पुगेको उपलक्ष्यमा माघे संक्रान्तिको अवशर पारी प्रमुख जिल्ला अधिकारी नर वहादुर खड्काको प्रमुख आतिथ्यमा जिल्ला अस्पताल परिसर सरसफाई तथा उपचारार्थ अस्पतालका विरामीहरुको सिघ्र स्वास्थय लाभको कामना सहित फलफूल वितरण कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि खड्काले स्थापना कालको कम समयमानै उत्कृष्ठ काम गरेको भनि प्रशंसा गर्दै भविष्यमा पनि यस्तै कार्यहरु गर्दै जान सुझाव दिनुभयो । स्थानीय विकास अधिकारी राजेश गौतम समेत सहभागी भएको सो कार्यक्रममा जिल्ला अस्पताल परिशरमा रहेका प्लाष्टिक, कागज, सिसि, लाबरका वोतल सहित करिव ५० वोरा फोहोर सङ्कलन गरी व्यवस्थापन गरेको छ ।

अस्पतालमा उपचारको क्रममा रहेका करिव १५ जना विरामीहरुलाई सिघ्र स्वास्थ्य लाभको कामना सहित फलफूल वितरण गरिएको सो कार्यक्रममा प्रहरी नायव उपरिक्षक राम व. केसी, उप सेनानी सन्तोष पाण्डे, निमित्त जनस्वास्थ्य प्रमुख दिपक वन्झाडे, ताप्लेजुङ नगरपालिका प्रमुख छविलाल राई ,नेपाल शेर्पा संघका अध्यक्ष सुन्दर शेर्पा, नेपाल शेर्पा विध्यर्थी मञ्चका उपाध्यक्ष ङिमल्हमु शेर्पा र शेर्पा सञ्चार समूह नेपाल ताप्लेजुङका महासचिव तेन्जिङ शेर्पा पाङकर्मा समेतको उपस्थिति रहेको थियो । करिव ८० जनाको सहभागिता रहेको सरसफाई कार्यक्रममा नेपाली सेना र नेपाल प्रहरी टोलीको समेत शक्रिय सहभागिता रहेको महासचिव दावा नावा शेर्पाले जानकारी दिनुभयो । कार्यक्रम संस्थाका उपाध्यक्ष निमा शेर्पाको सभापतित्वमा सम्पन्न भएको थियो ।