काठमण्डौं, २८- पौष शेर्पा सञ्चार समुह नेपाल

विश्वमा शान्ति र प्राणी जगतमा सुख शान्ति कायम होस् भनी आयोजना गरेको आठौँ ञिङमा मोलाम (प्रणिधान पुजा) आज सम्पन्न भएको छ ।
नेपाल बौद्ध ञिङमा संघले बार्षिक रुपमा आयोजना गर्दै आएको यस मोलाम पुजा गत पौष २३ गते शनिवारबाट सुरु आज २८ गते विहिवार समापन गर्न लागेको हो ।  विश्व सम्पदा सूचिमा सूचिकृत तीर्थस्थल बौद्धनाथ च्यारुङ खस्योरमा तेङबुचे लामा ङवाङ तेन्जिन रिन्पोचे, क्ष्योग्लिङ रिन्पोचे, नाम्खा रिन्पोचे, टुल्कु रिन्जिन पेमा रिन्पोचे, खेन्पो साङ्गे राङ्ज्योङ, देफुग रिन्पोचे, टुल्कु पेमा थारछिन रिन्पोचे, खेन्पो छेवाङ ग्याछो रिन्पोचे, मर्खुम रिन्पोचे लगायतका प्रमुख धर्म गुरुहरु सहभागी हुनु भएको थियो उहाहरुले बौद्ध विक्षु, विक्षुनी, आनी लगायत बौद्ध धर्ममा अस्था राख्ने धर्मालम्बीहरुलाई प्रवचन दिनु भएको थियो
पुजाको आज अन्तिम दिन भएकाले रिन्पोचेहरुको दर्शन गर्नका लागि विभिन्न जिल्लाबाट हजारौँका संख्यामा भक्तजनहरु आएका थिए । भक्तजनको भिडलाई स्वयमसेवकहरुले व्यापस्थित रुपमा मिलाइ रहेका छन ।
मोलाम पुजालाई सफल बनाउन विभिन्न संघसस्था, किदुकहरुले स्वयम सेवकको भुमिका निभाइ रहेका छन भने विरामी परेमा प्रथामिक उपचारका लागि निशुल्क स्वास्थ्य परिक्षणको पनि व्यावस्था गरेका छन ।
नेपाल बौद्ध ञिङमा संघले बार्षिक रुपमा आयोजना गर्दै आएको मोलाम पुजालाई निरन्तरता दिदै जाने आयोजकले जानकारी दिएको छ