२७ पुस, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका निवर्तमान प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आफूलाई बर्खास्त गर्ने निर्णयविरुद्ध अदालत जाने बताएका छन् । ज्ञवालीले साँझ ६ बजेतिर बर्खास्ती पत्र बुझेका छन् । मन्त्रिपरिषदको बुधबारको बैठकले स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै बर्खास्त गर्ने निर्णय गरेको थियो । साथै सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नयाँ सीईओमा गोविन्द पोखरेल नियुक्त गरेको…