खुम्बु पासाङल्हामू गाउ पालिकाको आयोजनामा पन्ध्र दिने ट्रेकिङ गाईड तालिम सम्पन्न भएको छ । खुम्बु पासाङलाहामू गाउ पालिकाको उपाध्यक्ष टासी ल्हामू शेर्पाको अध्यक्षतामा आजै कार्यक्रमको समापन गरिएको थियो । गाउ पालिका अध्यक्ष ङिम दोर्जी शेर्पाको प्रमुख आतिथ्य र the great himalayan trail का team leader बच्चु नारायण श्रेष्ठ को बिशेष आतिथ्य रहेको कार्यक्रममा खुम्बु पासाङल्हामू गाउ पालिका वडा नं २ का वडाध्यक्ष आङ फुर्वा शेर्पा खुम्बु पासाङल्हामू गाउ पालिका वडा नं ३ का वडाध्यक्ष मिङमा छिरी शेर्पा प्रमुख प्रसासकिय अधिकृत सुरथ पोखरेल लगायत गाउ कार्यपालिका सदस्यहरू ल्हाक्पा छिरी शेर्पा आङ छुटीन तामाङ आङ दावा शेर्पा र दागेल्जी शेर्पा र इलाक़ा प्रहरी कार्यलयका ईन्चार्ज यादव खड्का अतिथि रहेको थियो । गत फाल्गुन १७ गते सुरू भएको तालिममा खुम्बु पासाङल्हामू गाउ पालिका वडा नं १ देखी ५ को १० महिला र ५२ पुरूष गरी कुल ६२ जना सहभागीहरूको उपस्थिती रहेको थियो । the great himalaya trail, Nepal mountain institute , सगरमाथा राष्ट्रीय निकुञ्ज लगायत संघ संस्थाबाट विभिन्न विधामा तालिम दिइएको थियो ।