• tusal राजधानीका सडकहरुमा शुक्रबार ट्राफिक जाम उच्च छ । जमल, रत्नपार्क, सिंहदरबार, पुतलीसडक क्षेत्र त झनै जामले अस्तव्यस्त नै छ । कारण हो, विपक्षी दलको आमसभा, त्यो पनि काठमाडौंको प्रदर्शनीमार्गस्थित मूल सडकमै मञ्च ठड्याएर ।

नेताहरुले भाषण गर्ने काठमाडौंको खुल्लामञ्चचाहिँ कता गयो ? खुल्लामञ्च छाडेर गाडी गुड्ने सडकमै किन बनाइयो मञ्च ? किनभने राजधानीमा रहेको एकमात्र खुल्लामञ्च दलका नेताहरुले बेचेर खाइसके भन्दा पनि फरक नपर्ला ।