नेपाल शेर्पा विद्यार्थी संघले वार्षिक रुपमा आयोजना गर्दै आई रहेको लोसार साँझ कार्यक्रम गृहमन्त्रीको प्रमुख आथित्यमा सम्पन भएको छ । बौद्ध धर्मावलम्बीहरुको महान चाड तथा नयाँ वर्ष लोसारको अवसरमा संघले लोसार साँझ कार्यक्रम आयोजना गरिएको हो । गृहमन्त्री रामबाहदुर थापा ( बादल ) को प्रमुख आथित्यमा सम्पनन कार्यक्रमा संसाद माननिय जीव छिरिङ लामा, प्रदेश नं. ३ सदस्य डीएन लामा शेर्पा, पूर्व समान्य राज्यमन्त्री वाङदी शेर्पा, पूर्व सभासद आङ दावा शेर्पा, लगायत शेर्पा संघ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विद्यार्थीहरुलाई हौसला प्रदान गर्न विभिन्न विद्यामा छात्रावृति प्रदान गरिएको थियो भने पत्रकार ल्हाक्पा शेर्पालाई सम्मान गरिएको थियो । कार्यक्रममा आफ्नो मन्तव्य राख्र्दै गृहमन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि रामबाहदुर थापाले हिमाली आदिवासीको महान राष्ट्रि पर्व लोसारको शुभकामना व्यक्त गर्नु भयो । उहाँले शेर्पा समुदायका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्याक्त गनुभयो ।
औपचारिक कार्यक्रमको समापन गर्दै संघका अध्यक्ष साङगे मिङमा शेर्पाले शेर्पा समुदायका युवा विद्यार्थीहरुले राज्याबाट पाउने सुविधाहरु प्रप्ता गर्न नसकेको भन्दै नेपाल शेर्पा विद्यार्थी संघ आगामी दिनमा यसको पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । शेर्पाले राज्यको हरेक तह तप्कमा शेर्पाको सहभागिता गराउन शेर्पा समुदायमा गठन भएका संघ संस्थाहरु एक जुट भई अघि बढ्नु पर्छ उहाँले भन्नुभयो ।


कपनको रामहिटीमा सम्पन कार्यक्रममा शेर्पा समुदायका चर्चित कलाकारहरुले आफ्नो प्रस्तुति दिएको थियो भने शेर्पा साँस्कृति जल्कने नृत्य प्रस्तुत गरेको थियो । कार्यक्रममा रोज मोक्तान, दिराज राई, हस्या कालाकार कोक्रोज, गोन्पो शेर्पा, दावा के शेर्पा, वाङमो शेर्पा, लाक्पा शेर्पा अमोद लगायतले प्रस्तुति दिएको सो कार्यक्रममा शेर्पा युवाहरुको उत्साह जनक उपस्थिति रहेको थियो ।
नेपाल शेर्पा विद्यार्थी संघले स्थापना काल देखिनै विभिन्न जिल्लाबाट राजधानी आई अध्ययन गरिरहेका शेर्पा विद्यार्थीहरुका लागि विभिन्न सचेतनाका कार्यक्रमहरु आयोजना गर्दै आई रहेको छ ।