संगित क्षेत्रमा प्रवेश गरेको गोन्पो शेर्पा शेर्पा समुदाय कै एक प्रतिभावान युवा गाएक हुन् । सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी गाउँपालिका  ४ पाकेपमा बुबा गेल्जे शेर्पा र माता सुम्झी शेर्पाको जेठो छोरोको रुपमा जन्मेको शेर्पा संघर्ष गरेर संगित क्षेत्रमा प्रवेश गर्न सफल भएका हुन् । परिवारमा जेठा छोरा भएको कारण आफु कुन बाटो जाने भन्ने अन्योलमा नै उनी रोगगारीको लागि बिदेश सम्मा पुग्न बध्य छन् । परिवारको सबै जिम्मेवारी थपेको गोन्पो पछिल्लो समय भने संगित क्षेत्रमा रम्न थालेका छन् । शेर्पाको छोरो हिरो छ भन्ने गीत कोशेली स्वरुप लिएर समुदायमा प्रवेश गरे पछि गोन्पोले गायन र मोडलका रूपमा समुदायमा स्थापित भएका छन् । उनले शेर्पा र नेपाली गीत गाएका छन् भने ४/५ वटा म्यूजिक भिडयोमा अभिनय गरि सकेका छन् भने शेर्पा अहिले आफ्नो नयाँ गीतको  तयारीमा लागि परेका छन् ।

संगीत क्षेत्रबाटनै शेर्पा समुदायलाई विश्व सामु चिनाउने महान उदेश्यका साथ संगीतमा प्रवेश गरेको गोन्पो सानै उमेर देखिनै सामाजिक कार्यमा समेत रुची राखेको व्याक्ति हुन् । समाजिक कार्य गर्न पहिला आफु सक्षम हुनु पर्ने कुरालाई आत्मा सात गदै आफुलाई आर्थिक रुपामा सक्षम बनाउन नेपाल देखि खाँडी मुलुक साउदीमा समेत दुई बर्ष बिताएका छन् । साउदीको दुई बर्ष संगर्ष पश्चात आफ्नै जन्म भुमि नेपालमा फर्केर संगित क्षेत्रमा प्रवेश गरेको उनी बताउछन् । संगित क्षेत्रमा सानै देखि रुची राख्ने गोन्पो परिवारले संगित क्षेत्र नबुझेको कारण सुरुमा संगित क्षेत्रमा प्रवेश गर्न निकै गाह्रो भएको र पहिलो गीत पश्चात भने राम्रै साथ पाएको बताउछ ।


शेर्पा समुदायमा नव गायकको रुपमा चिनिएको गोन्पो समय र परिस्थितिले जहाँ जस्तो ठाउँमा पु¥याए पनि संगित क्षेत्रलाई भने निरन्तरता दिने वताएका छन् । सुःख दुःख गरेर भएपनि शेर्पा समुदाय र शेर्पा कलाकारलाई विश्वा सामु चिनाउन चाहने गोन्पो समुदाय र दर्शकको साथ आफ्नो लागि एकदमै महत्वपूर्ण रहेको बताउछ । दर्शकको साथ र प्रतिक्रिया बिना कलाकारले सफलता प्रप्त गर्न नसकने उनको बुझई छ । शेर्र्पा समुदाउले नेपाललाई बिश्वसामु चिनााउन महत्वपूर्ण योगदानलाई नेपालको सरकारले राम्रो सँग बुझन नसको पनि उनी वताउछ ।