सगरमाथा हाम्रो गौरव कृषि विकाशमा हाम्रो पौरख भन्ने मुल नारा लिएर यही बसन्त ऋतुमा सगरमाथा आरोहणको तयारिमा रहेकी शेर्पालाई चलचित्रबाट सहयोग पाउने भएको छ । शेर्पा सञ्चार समुह नेपालको केन्द्रिय सदस्य समेत रहेकी शेर्पाले नेपालको कफीलाई प्रमोट गर्ने उदेश्यले सगरमाथा जाना लागेकी हुन् । उहाँको यो अभियानलाई सफल पार्न शेर्पा भाषामा निर्माण भएको चलचित्र टिन्छेन फमा पर्दशन हुदै छ ।
यही चैत्र ७ गते बौद्धमा रहेको सिद्धार्थहलमा पर्दशन हुने चलचित्रबाट दावा वुटी शेर्पालाई सहयोग गर्न लागेको चलचित्रका निर्देशक आङ ङिमा शेर्पा कुङ्गले वताउनुभयो । शेर्पा समुदायमा शेर्पा भाषा, संस्कार, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले निर्माण गरेको चलचित्रबाट राम्रो अभियान लिएर अघि बढेको शेर्पा महिलालाई सहयोग गर्न पाउदा खुःसी लागेको चलचित्र निर्माताहरुको भनाई छ


दोलखा जिल्ला घर भएकी शेर्पा विगत लामो समयदेखि कफी क्षेत्रमा कार्यरत हुनुहुन्छ । नेपाल कृषि योग्य देश भएको र अधिकांश नेपाली कृषि पेशामा संलग्न भएपनि नेपालको कृषि क्षेत्रलाई वुज्न नसकेरा लाखौं युवाहरु विदेशी भूमिमा जाने गरेको शेर्पाको तर्क छ । नेपाली कफीलाई चिन्न सक्ने हो भने सत प्रतिशत युवाहरुले नेपालमा नै राम्रो भविष्य वनाउन सक्ने उनको भनाई छ ।