सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यावस्थापन समिति चौरिखर्कको आ. ब. ७४÷७५ को योजना अन्तरगत खुम्बु पासाङ्ग ल्हमु गाउपालिका ३ घाटमा समुदायिक भवन सिलान्यास सम्पन्न भएको छ । समुदायमा सञ्चालन हुने विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नका लागि सहज होस भन्ने उद्देश्यले चौरीखर्क मध्यवर्ती क्षेत्र उपभोक्त समितिको योजनामा भवन निर्माणका लागि छोमोलोङ्गमा मध्यवर्ती क्षेत्र उपभोक्त समुहको अध्यक्ष आङ नरु शेर्पाले सिलान्यास गरिएको हो ।


चौरीखर्क मध्यवर्ती क्षेत्रबाट एक्तीस लाख रुपैया बिनियोजन गरि सिलान्यास गरिएको भवनका लागि जग्गा दुधकुण्डा मा.क्षे. ऊ. समुहले खरिद गरिएको खुम्बुबाट चौरीखर्क मध्यवर्ती क्षेत्र उपभोक्त समितिका कार्यलय सहायक ङवाङ छिरिङ शेर्पाले जनाकारी दिनु भयो । शुक्रबार विहान बौद्ध परम्परा अनुसार लामाहरुले सेर्किम पूजा गरी छोमोलोङ्गमा मध्यवर्ती क्षेत्र उपभोक्त समितिको अध्यक्ष आङ नुरु शेर्पाको प्रमुख उपस्थितिमा सिलान्यास गरिएको हो ।
सिलान्यास कार्यक्रममा गौतम बुद्ध मध्यवर्ती क्षेत्रका अध्यक्ष नुरु जाङबु शेर्पा, दुधकुण्डा मध्यवर्ती क्षेत्र उपभोक्त समितिका अध्यक्ष्ँ छेवाङ शेर्पा, चौरीखर्क मध्यवर्ती क्षेत्र उपभोक्त समितिका कार्यलय सहायक ङवाङ छिरिङ शेर्पा लगायत स्थानियको उपस्थिति रहेको थियो ।
सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यावस्थापन समितिले खुम्बु क्षेत्रको विकाशका लागि विकाशमुलक योजनाहरु आयोजना गर्दै आई रहेको छ ।