१०८ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा फोकस नेपालले राष्ट्रिय नारी सम्मान २०७४ द्धारा नेपाल शेर्पा महिला संघका अध्यक्ष ङिमी शेर्पालाई सम्मान गरिएको छ । शेर्पालाई विभिन्न संघ सस्था मार्पmत राष्ट्र र समाजमा पु¥याएको योगदानको मुल्याङकन गर्दै सम्मान गरिएको हो ।
ङिमी शेर्पाले शेर्पा समुदायका हक, हितका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको छ । उहाँले शेर्पा समुदाय सँगै आदिवासी महिलाहरुको हाक हितका निम्ति समेत महत्वपूर्ण योगदान पु¥याउदै आई रहनु भएको छ । शेर्पा महिलाहरुका हक हितका निम्ति आदिवासी जनाजाति महिला महासंघको अध्यक्षमा रहेर काम गर्नु भएको थियो भने नेपाल शेर्पा महिला संघको अध्यक्ष समेत हुनुहुन्छ । उहाँले शेर्पा समुदायको हक हितका निम्ति शेर्पा राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्षमा रहेर पनि निरन्तर शेर्पा समुदायको मुद्दहरुलाई उठान गर्दै आई रहनुु भएको छ ।

उहाँले पर्यटन क्षेत्रबाट पनि आफ्नो पहिचान वनाउन सफल भएको श छ । शेर्पाले सन् १९७६ बाट ट्रेकिन पेशा सुरु गर्नु भएको थियो । उहाँले माउट नुप्चे विना अक्सिजन नै १९८४ मा सफलता पूर्वक सफल आरोहण गर्नु भएको थियो भने फ्रन्सको माउट मोप्लाङ्ग पनि सफलता पूर्वक आरोहण गर्नु भएको थियो । १९८६ मा मकालु, सगरमाथाको साउत समिट समेत १९९३ मा सफलता पूर्वक आरोहण गर्नु भएको थियो । आफ्नै टे«किङ कम्पनि सुरु गरिएर उहाँले पर्यटनमा समेत आफ्नो पहिचान जमाउन सफल हुनु भएको छ ।
उहाँ नेपाल पर्यटन मन्त्रलायको पूर्व सदस्य, तानमा पहिलो महिला सदस्यको रुपमा रहेर काम गर्नु भएको थियो भने हाल शेर्पा सेवा केन्द्र, नेपाल बौद्ध महासंघ, ञिङमा संघ, नेपाल शेर्पा विद्यार्थी संघका सल्लाकार हुनुहुन्छ भने नेपाल शेर्पा महिला संघको अध्यक्ष, शेर्पा राष्ट्रिय मुक्ति मोर्चाको समेत सदस्य हुनुहुन्छ । सामाजिक रुपमा उहाँले नेपाली समुदायमा राखेको योगदानलाई कदर गर्दै राष्ट्रिय नारी सम्मान २०७४ द्धारा ङिमी शेर्पा सम्मानित समेत गरिएको छ ।