नेपाल शेर्पा विद्यार्थी संघले वार्षिक रुपमा आयोजना गर्दैै आई रहेकोे लोसार साँझ फाग्गनु २६ गते कपन रामहिटीमा आयोजना गर्ने भएको छ । गृहमन्त्री रामबाहदुर थापा ( बादल ) को प्रमुख आतिथ्यमा आयोजना गर्न लागेको सो कार्यक्रममा शेर्पा विद्यार्थीहरुलाई प्रोत्साहन स्वारुप छात्रा वृत्ति वितरण तथा हिमाली आदिवासी शेर्पा समुदायको संस्कृति जल्कने कार्यक्रमहरु हुने संघका अध्यक्ष साङगे मिङमा शेर्पाले जनाकारी दिनु भयो ।
संघले शेर्पा विद्यार्थीहरुको हकहित, आधिकारका लागि विभिन्न पहल गर्दै आई रहेको छ । शेर्पा समुदायको महान चाड नयाँ वर्षको अवसरमा आयोजित कार्यक्रममा शेर्पा समुदाय लगयत चर्चित कलाकारहरुको प्रस्तुति रहने पनि शेर्पाले जनाकारी दिनु भयो ।