शेर्पा समुदाय द्धारा गृहमन्त्रीलाई सम्मानगृहमन्त्री रामबाहदुर थापा ( बादल ) र प्रदेश नं. ३ प्रदेश सभा सदस्य डिएन् शेर्पालाई लाई शेर्पा समुदायले वाधाई तथा शुभकामना व्यक्त गरिएको छ । माओवादी निकट शेर्पां राष्ट्रिय मुक्ति मोर्चको अध्यक्ष लगायत शेर्पा समुदायको उपस्थितिमा नयाँ कार्यकालको शुभकामना व्यक्त गर्दै सम्मान गरिएको थियो । शेर्पा समुदायबाट पूर्व सभासद आङ दावा शेर्पा, पूर्व सामान्य राज्य मन्त्री वाङ्दी शेर्पा, शेर्पा राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष ङिमी शेर्पा, मोर्चाका सल्लाकार सोनाम शेर्पा, महासचिव ङिमा तुण्डु शेर्पा, नेपाल शेर्पा बिद्यार्थी संघका अध्यक्ष साङ्गे मिङमा शेर्पा मोर्चाका कार्यसमिति लगायत शेर्पाहरुको उपस्थितिमा मान्त्री थापा र शेर्पालाई सम्मान गरिएको हो ।


वाधाई तथा शुभकामना दिने क्रममा हिमाली वौद्ध परमपरालाई सरकारी क्यालेन्डरममा समावेश गर्न शेर्पा समुदायले जोडदार माग समेत गरेको छ । त्यसै गरी प्रदेश नं. ३ को प्रदेश सभा सदस्य हुन सफल डि.एन लामा शेर्पालाई मोर्चको कार्यलय जोरपार्टीमा वाधाई साथै कार्यकाल सफलताको शुभकामना सहित सम्मान गरिएको थियो । प्रदेश सभा सदस्या डि. एन शेर्पाले शेर्र्पा समुदायको हक, हितको लागि आफ्नो कार्यकाल सम्म सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।