मुख्यमन्त्रीको तलब ६० हजार, सांसदको ४५ हजार

१७ फागुन, बुटवल । प्रदेश ५ को सरकारले कानुन बनाउन तयारी सुरु गरेको छ । आवश्यक कानुनको मस्यौदा बनाउन सुझाव आयोग गठन गरिएको छ । आगामी २७ गते बस्ने प्रदेश सभाको बैठकमा तीन वटा विधेयक पेस गर्ने तयारी गरिएको हो ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पारिश्रमिक निर्धारणका लागि प्रस्ताव तयार पारेको छ । मुख्यमन्त्री, मन्त्री र सांसदको पारिश्रमिक निर्धारण प्रारम्भिक मस्यौदा तयार गरेको हो ।जसअनुसार मुख्यमन्त्रीको मासिक पारिश्रमिक ६० हजार ९ सय र मन्त्रीको ५२ हजार हुनेछ । प्रदेश सांसदको पारिश्रमिक ४५ हजार प्रस्ताव गरिएको छ । त्यसबाहेक सदस्यले दैनिक भत्ता ७ सय ५० र भ्रमण भत्ता १ हजार ५ सय रुपैयाँ पाउने छन् ।‘यसलाइ अन्तिम रुप दिन बाँकी नै छ’ मुख्यमन्त्री कार्यालयका कानुन सचिव निर्मला अधिकारी भट्टराईले अनलाइनखबरलाई भनिन्, ‘हामी मस्यौदा निर्माण तथा आवश्यक भौतिक पूर्वाधार लगायतको चाँजोपाँचो मिलाइरहेका छौं ।’प्रदेशसभाले संघीय र स्थानीय कानुनसँग आपसमा नबाझिने गरी कानुनहरु निर्माण गर्नुपर्नेछ ।
प्रदेश कर, प्रदेश सुरक्षा, वित्तीय विनियोजन, मुख्यमन्त्री तथा मन्त्रीहरुको पारिश्रमिक तथा अन्य सुविधा, प्रदेश सरकारको कार्यविभाजन र कार्यसम्पादनसम्बन्धी नियमावली र प्रदेशसभाको विशेषाधिकारसम्बन्धी प्रदेश कानुन तत्काल बनाउ