नेपाल बौद्ध महासंघले लोसार शुभकामना तथा जलपान कार्यक्रम सम्पन्न भएको छ । २१४५  औं   ग्याल्बो लोसारको अवसरमा शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रम आयोजना गरेको हो ।
पुजनिय श्याप्टुङ रिन्पोछेको प्रमुख आतिथ्यमा आयोजना भएकको कार्यक्रममा हिमाली समुदायका बिभिन्न संघसंस्थाहरुले आफ्नो शुभकामना मन्तब्य राखेका थिए । तीनचुली बौद्ध गार्डेन रेष्टुरेन्टमा आयोजना भएको चारवटै सम्प्रदायका धर्मगुरुहरुको उपस्थिति रहेको थियो ।
नेपाल शेर्पा विधार्थी संघका अध्यक्ष साङ्गे मिङमा शेर्पा नेपाल शेर्पा संघका अध्यक्ष ए.डि लामा शेर्पा त्यसैगरी चारैवटा सम्प्रदायका धर्म गुरुहरु साथै सबै संघ संस्था प्रतिनिधीहरुले लोसार शुभकामना आदानप्रदान गर्नु भएको थियो ।