कोरियामा क्रियाशील संघ–संस्था र नेपाली दाजू भाई तथा दीदी बहिनीहरु माझ एकता समुन्नाय र सदभाव बढाउन शुभकामना आदान प्रदान गर्दै नेपालको राष्ट्रीय मौलिक पर्व स.फो.खिलो २१४५ औं ग्याल्बो ल्होसार कार्यक्रम भब्य र सभ्य रुपमा सफलता पूर्वक सम्पन्न भएको छ ।
भाषा लिपि,मौलिक चाडबाड हाम्रो पहिचान, ऐतिहासिक संस्कृति, परम्परा संरक्षण र बिकास गर्ने हाम्रो अभियान भन्ने मूल नाराका साथ कोरियन नयाँ वर्षा सलनाल र ग्याल्बो ल्होसार एउटै समयमा परेकाले समय अनुकूल मनाउने गरिरहेका छन । कार्यक्रममा प्रमुख अथितिका रुपमा नेपाली राजदूत अर्जुन जंगबहादुर सिंग, विशेष अथितिमा आदिवाशी जनजाति माहसंघ दक्षिण कोरिया आई सि.सी असिया प्याशीफिक उप संयोजक बिनोत कुंवर,गैर अवशिया नेपाली कोरियाको अध्यक्ष लक्मी गुरूङ, नेपाल संघिय समाज फोरम नेपालको केंद्रीय सचिब अजम्बर कामबंगा राई लगात बिबिन्न जातीय, क्षेत्रीय, राजनितिक दलकाका भात्री संगठन, भाषा ,धार्मिक संघ संस्थाहरुको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सभापति र प्रमुख अथितिले संयुक्त रुपमा दियो बाली उत्घाटन गर्नु भयो ।शेर्पा संघ दक्षिण कोरियाले आफ्नो मौलिक पर्वको संरक्षण र बिकाश गर्न कार्यक्रम आयोजना गर्नु भएकोमा खुलेर प्रसंशा गर्नु पर्ने साथै आगामी दिनहरुमा थप उन्नति प्रगतिको सबैले शुभकामना दिनु भयो ।


२१४५ औं ग्याल्बो ल्होसार साँस्कृतिक कार्यक्रम सफल बनाउन आफ्नो कार्य ब्यस्तताका बाबजुत पनि आर्थिक, भौतिक, नैतिक साथ सहयोग गर्नु हुने सम्पुर्ण लाई हार्दिक आभार ब्यक्त गर्दै विश्व भरी छरिएर रहेका सम्पूर्ण नेपाली दाजु भाई तथा दीदी बहिनीहरु को जीवन मा सुख शान्ति समृद्धि होस भनि ग्याल्बो लोशारको कार्यक्रमका सभापति शेरसाङबो शेर्पाले शुभकामना दिनु भयो ।
कार्यक्रममा स्थानीय डिजेले बिभिन्न चर्चित रिमिक्स गीतहरु बाजाएर दर्शकहरु लाई नाचाएका थिए भने स्थानीय कलाकार को बेजोड़ प्रस्तुतिले भरपूर मनोरंजन दिएका थिए । कार्यक्रम मा दर्शकहरु उत्शाहजनक सहभागीता थियो । कार्यक्रम कोरियाको राजधानी सौल आवस्थित वाङसिपनी याक लाइन न २ ख्याबो सेम्योंग बिल्डिङ मा फरवरी १६ तारिक साँझ ७ ः ०० बजे देखि बिहान ७ ः ०० बजे सम्पन्न भएको थियो ।