कोरिया,सौल – नेपाली संघीय समाज(नेफेसो) दक्षिण कोरियाद्वारा आयोजित पहिचान र समृद्ध नेपाल निर्माणका लागि अबको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै अजम्वर राई काङ्माङले पहिचान मानिसले जन्मजात बोकेर आउने भएकोले आफु वान्तावा राईको कोखमा जन्मेर आफ्नो पहिचानको कुरा उठाउनु कुनै अपराध नभएको जिकिर गर्दै वर्तमान नेपाल संघियतामा प्रवेश गरे सँगै यो मुलुक संघियतामा जानूमा उपेन्द्र यादबले महत्वपूर्ण भूमिका खेलेकाले संघीयताको नायक राजनीतिक जननी उपेन्द्र यादव रहेको बताएका छन् ।
हिजो नेपाललाई पहिचान सहितको संघिय प्रणालीमा विकास गरेर लानु पर्छ भनेर उपेन्द्र यादवले आन्दोलन गर्दा त्यो आन्दोलनलाई बिखन्डनकारीको संज्ञा दिनेहरु आज बाध्य भएर संघियता स्वीकार गर्न आईपुगेको उहाँको भनाई छ । पहिचानको प्रसंग जोड्दै सचिव काङ्माङले माओवादीले समाजको अन्तरविरोध विभेदलाई सतह सम्म मात्र ल्याए संस्थागत गर्ने सवालमा माओवादी चुक्यो फलस्वरुप जनताले दण्डित गर्यो जस्तो, डाक्टरले बिरामी को खुट्टा भाचिएको एक्सरे मार्फत पत्ता लगाए तर काम्रो लगाएर उपचार गरि पिडित बिरामीलाई तन्दुरुस्त नबनाई झनै पिडित बनाएर वेवारिसे अवस्था मा पुर्याए झैँ गरि पहिचान को आन्दोलन लाई पनि माओवादी ले त्यहि अवस्थामा पुर्याएको थियो र छ । एमाले कांग्रेस त पहिचान को कुरै सुन्न नचाहने शक्ति भएका कारण उनीहरु बाट अपेक्षा गर्न ब्यार्थ थियो । यदि मुलुकलाई समृद्धि बनाउने हो भने समाजको अनुहार जस्तो छ राज्यमा त्यो अनुहार झल्किनु पर्यो र एकाङ्की दृष्टिकोण एकाङ्की मनोविज्ञानको अन्त्य गरि साझा मनोविज्ञान निर्माण गर्नु पर्यो त्यो कुरा आफुहरुले माग गरेको काङ्माङ ले वताएका छन् ।

संघिय समाजवादी फोरम नेपालका केन्द्रीय सचिव काङ्माङले आफुहरुले उठाएको समानुपातिक समावेशी प्रणाली र विद्रोहको रापतापले शेरधन राई मुख्यमन्त्री नियुक्त भएको जिकिर गरेका छन् ।
थप सन्दर्भ जोड्दै काङ्मअहिले लागु भएको संघियता भौगोलिक प्रशासनिक आधारमा मात्र केन्द्रित भएको हँुदा यसले आफुहरुले भनेको पहिचान सहितको ११ प्रदेश हुन नसकेको वताएका छन् । यतिवेला प्रदेश २ मा संघिय समाजवादी फोरम नेपालको नेतृत्व मा सरकार बन्दैछ जुन प्रदेश पहिचानमा आधारित बनेको छ भने अव को पहिचानको आगो २ नम्वर प्रदेशबाट सल्केर पहाड हिमाल सम्म सल्किने बताएका छन् । प्रशिक्षण कार्यक्रम मा बोल्दैन काङ्माङले पहिचान र समृद्धि एक सिक्काको दुई पाटा भए जस्तै हो यदि समृद्धि छ पहिचान छैन पहिचान छ समृद्धि छैन भने मुलुक द्वन्द तिर धकेलिन्छ जस्तो स्कटल्याण्ड गरिव भएर वेलायत संग छुट्टिन खोजेको हैन उ समृद्ध हँुदा हँुदै पनि पहिचान र अस्तित्वको लागि छुट्टिन खोजेको हो भन्ने जस्ता उदाहरण दिनु भयो ।
काङ्माङले कोरियामा बस्ने नेपालीहरुलाई सामुहिक हिसावले नेपाल फर्केर त्यहाँ सिकेको सिप र आर्जेको पुजीलाई एकमुस्ट रास्ट्र निर्माणमा लगानी गर्न समेत आग्रह गरेका छन् । कार्यक्रममा बिभिन्न राजनीतिक दलहरुबाट पार्टी परित्याग गरेर आएका नेता तथा कार्यकर्ताहरु नेफेसो पार्टीमा प्रवेश गरेका छन । यसैबिच नेफेसो कोरियाले फरवरी १७ तारिक बिहान पार्टी प्रशिक्षण कार्यक्रम समेत आयोजना गरेका छन । संघिय समाजवादी फोरम नेपालको केन्द्रीय सचिब अजम्बर राई कामबाङ कोरिया बसाईको क्रममा शेर्पा संघ कोरिया द्वारा आयोजित ग्याल्पो लोशार साँस्कृतिक कार्यक्रममा समेत सहभागी भई यही २० तारिक बिहान हङकङ हुँदै स्वदेश फर्कने कार्यक्रम रहेको रहेको छ ।