आम शेर्पा पत्रकारहरुको आवाज बुलन्द पर्नका लागि सगरमाथाको आरोहण गर्ने पत्रकार डोमा शेर्पाको दावी छ। सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका वडा नं-२ सालाबेशीमा जन्मिनु भै हाल शेर्पा समुदायमा पत्रकारको प्रतिनिधित्त्वको रूपमा चिनिने डोमा शेर्पा गत मंसिर २५ गतेको दिन सोलुखुम्बुमा रहेकोे ६,१८९ मिटर आग्लो आइसल्याण्ड हिमाल सफल रूपमा आरोहण गरे संगै आफुमा सगरमाथा चढ्ने सपना पुरा भएको उनको दावी छ। महिलाले पनि चाहेको र अवसर पाएको खण्डमा जस्तोसुकै समस्याको समाधान गर्न सकिने र सिंगो शेर्पा समुदायका पत्रकारहरुको शिर उच्च विन्दुमा पुर्‍याउने उद्देश्यले सगरमाथा आरोहण गर्न लागेको शुक्रबार राजधानीको भृकुटीमण्डप स्थित नेपाल पर्यटन बोर्डको सभा हलमा पत्रकार सम्मेलन गर्दै उनले बताएकी छिन। डोमा शेर्पा इन्डिजिनियस टेलिभिजन मार्फत हिमाली क्षेत्र र महिलासंग सम्बन्धित मुद्दाहरुको सबलमा आवाज बुलन्द गर्दै आएकी छिन।
शेर्पाले यहीँ आउदो – चैत महिनाभित्र सगरमाथा आरोहण गर्ने अन्तिम तयारी गरेकी छिन।सगरमाथा आरोहण गर्नका निमित्त आर्थिक आवश्यकता पर्ने बताइएको छ। जसका लागि सहयोग संकलन कार्य निरन्तर रुपमा भएको पनि पत्रकार सम्मेलनमा बताइएको छ।सगरमाथा आरोहण गर्नका लागि एभरेस्ट हार्डवयरका संचालक तथा अध्यक्ष सोनाम शेर्पा लगायतका व्यक्तित्वहरुले प्राविधिक रूपमा सहयोग गर्ने तयारी गरेको जनाइएको छ। सगरमाथा आरोहण गर्ने कार्य त्यति सजिलो नभएको भन्दै सबैले आफ्नो ख्याल गर्दै सफल सगरमाथा आरोहण गर्न अग्रिम शुभकामना समेत व्यक्त गरेका छ। पत्रकार सम्मेलनमा ६५ जना भन्दा बढी पत्रकारहरुको उपस्थिति रहेको थियो।

नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट,पुर्व अध्यक्ष सुरेश आचार्य,नेपाल शेर्पा संघका अध्यक्ष आङ दोर्जी शेर्पा,नेपाल शेर्पा महिला संघका अध्यक्ष ङिमी शेर्पा,आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष दण्ड गुरुङ लगायतले उक्त पत्रकार सम्मेलनमा शुभकामना मन्तव्य राखेका थिए।