फराक शेर्पा किदुगले खरिद गरेको भवन तेङ्बोचे गुम्बाका प्रमुख लामाबाट उद्घाटन गर्ने भएको छ । फागुन ५ गते शनिबार अर्थात दावा थाङ्पोको छेवा ङी को दिन किदुगले अाफ्नो स्वमित्वमा रहेको भवन उद्घाटन गर्न लागिएको हो । तेङ्बोचे गोन्पाका प्रमुख लामा ङवाङ तेन्जिङ जाङ्पो रिन्पोक्षे, नुरटल रिन्पोक्षे, थामे रिन्पोक्षेको अातिथ्यमा हुन लागेको उद्घाटन कार्यक्रममा फराक बासीको उपस्थिति हुने बताएका छन् ।
शेर्पा भाषा, संस्कार, संस्कृति संरक्षण गर्ने उदेश्यले गठन भएको संस्थाले फराक बासीको सहयोगमा भवन खरिद गरिएको हो । किदुगले भवन उद्घाटन सँगै ल्हप्सो कार्यक्रम गर्ने सामाजिक सञ्जाल फुसबुक मार्फत जानकारी दिएको छ । संस्थाले भवन खरिद गर्नमा अार्थिक सहयोग गर्ने सहयोगी दाताहरू प्रति धन्यवाद व्यक्त गरेका छन् । किदुगले फराक समुदायमा सचेतनाका कर्यक्रम लगायत वनभोज कार्यक्रम गर्दै अाई रहेको छ भने समुदायको संस्कार संस्कृति संरक्षणका निम्ति समुदायमा विभिन्न कार्यक्रमहरु अायोजनम गर्दै अाई रहेको छ ।