प्रवाशमा रहेको नेपाली युवाहरुको भूमिका बिषयक बृहत अन्तर्कृया कार्यक्रम यही फरवरी १६ तारिकको दिन प्रवाश संगठन नेपाली संघीय समाज दक्षिण कोरियाल आयोजन गर्ने भएको छ । बिभिन्न मुलुकमा प्रवास संगठन नेपाली संघीय समाज रहे पनि कोरियामा भने २०१३ मा नेपाली संघिय समाज दक्षिण कोरिया नाम रहने गरी शाखा स्थापना भएका थियो ।
नेपाली संघीय समाज दक्षिण कोरियाले स्थापनाकाल देखि नै बिभिन्न साम समाहिक बिषयमा बहस र छलफल गर्दै प्रत्यक्ष अप्रत्यक्ष रूपमा नेपाली समाज रूपांतरण गर्न महत्वपूर्ण योगदान गर्दै आइरहेको छ । प्रवाश संगठन नेपाली संघीय समाज दक्षिण कोरियाले पनि जातिया मुक्तिका लागि संघियता र वर्गीय मुक्तिका लागि सामाजवाद भन्ने मूल नाराका साथ अन्तर्कृया गर्न लागेको र त्यसको सम्पूर्ण तयारी भइसकेको पनि सूचना तथा सञ्चार बिभाग प्रमुख सेर साङबो शेर्पाले जानकारी दिनू भयो ।
उक्त बृहत अन्तर्कृया कार्यक्रममा प्रमुख अथितिको रुपमा नेपालबाट सङ्घीय समाजवादी फोरमका नेपालका केन्द्रीय सचिब अजम्बर काङ्ममाङ राई यही १५ तारिक ईन्छन अन्तर्राष्ट्रीय विमान स्थल हुँदै आउने भएका छन । नेपाली संघीय समाज दक्षिण कोरियाले यही २०१८ फरवरी १६ तारिक सौलको छुंगूरु अवश्थित हवासु बिल्डिङ, हेवादोङ,सिओलमा आयोजन हुन गईरहेको उक्त बृहत अन्तर्कृया कार्यक्रम सफल बनाउन कोरियामा क्रियाशील सम्पुर्ण संघ संस्थाका प्रतिनिधि, बुद्धिजिबी, समाजसेवी, ब्यापारि,पत्रकार, विधार्थीहरु लगायत सम्पूर्ण कोरियावाशी नेपाली दाजु भाई दिदी बहिनीहरुमा उपास्थित भई दिन हुन नेफेसो कोरियाको अध्यक्ष महेंद्र राई ले आह्वान गर्नु भएको छ ।