गायक दावा के. शेर्पाको सम्बन्ध एल्वम
छिटै वजारमा आउदै छ । एल्वममा समावेश हुरहुर दौतरी हुरहुर गीतमा नायक कुङ्गा शेर्पा र मेडेल जाङ्मु एनन्लाई अभिनय गर्ने भएको हो । शेर्पाको तेस्रो एल्वम सम्बन्धमा रहेको गीतको भिडियो जर्सिङ पौवा र स्वयम्बुमा छायाँकन हुने भएको छ । यस गीतमा शब्द आङ काण्डु शर्पाको रहेको छ भने संगित र्ईन्द्र गुरुङले दिएका छन् । शेर्पा समुदायको संस्कृतिमा आधारित यस गीतले शेर्पा समुदायको संस्कृति संरक्षणमा केही हद सम्म सहयोग पुग्न सक्ने आशा राखिएको छ ।
को हुन त दावा के. शेर्पा ?
२०७० सालबाट संगीत क्षेत्रमा प्रवेश गरेको दावा के. शेर्पाको पहिलो गीत व्रीटिस गोर्खाली गीतले समुदायमा राम्रो स्थान पाएको थियो । जन्मघर भोजपुर भएको शेर्पाले समुदायमा संगीत क्षेत्रबाट महत्वपूर्ण भूमिका राखेको छन् । समुदायमा कालाकारिताको संख्या औँलामा गन्न सक्ने बेला शेर्पाले तेस्रो एल्वम सम्बन्ध कोशेली स्वरुप लिएर आउँदै छ । शेर्पा संगीत सँगै स्नातक तहमा अध्ययन गरि रहेका छन् ।

मोडल जाङमु ईनन शेर्पा
संखुवासभाको एक विकट बस्तीमा जन्म भएका जाङमु ईनन शेर्पा समुदायमा मोडेल क्षेत्रबाट स्थापित भएका हुन् । शेर्पाले अहिले सम्म एक दर्जन भन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरि सकेकी छ%