शेर्पा सञ्चार समुह नेपालले सञ्चालन गरेको शेर्पा भाषा उद्घोषण तालिमको समापन आईताबार गर्ने भएको छ । गत माघ ७ गते देखि सञ्चालन भएको तालिम माघ २८ गते एक कार्यक्रम गरी समापन गर्न लागिएको हो । शेर्पा समुदायमा सञ्चालन हुने कार्यक्रममा शेर्पा भाषामा सञ्चालन गर्न साथै शेर्पा समुदायका युवाहरुमाझ शेर्पा भाषामा मञ्चिय भाषाण कलाको विकास गराउने उदेश्यका साथ विगत केही वर्ष देखि सञ्चालन गर्दै आएको छ ।
यस वर्ष सञ्चालन गरेको तालिमको सहजीकरण सेर्कु शेर्पाले गरिरहेको छ भने तालिममा २४ जना शेर्पा युवाहरु सहभागी भएको संयोजक पासाङ्ग लामा शेर्पाले जनाकारी दिनु भयो । तालिममा सहभागी ईच्छुक तथा उत्कृष्ट केही बिद्यार्थीहरुलाई रेडियो तथा टेलिभिजन कार्यक्रममा अवसर प्रदान गर्ने संस्थाको योजना रहेको महासचिव निम्लेकी शेर्पाले बताउनु भयो ।
शेर्पा युवाहरुलाई पत्रकारिता क्षेत्रमा व्यावसायी करण गर्ने उदेश्य राखेर संस्थाले आगामी दिनमा तालिम सञ्चालन गर्ने कार्यक्रम रहेको अध्यक्ष फुर्किमा शेर्पाले बाताउनु भयो । शेर्पा सञ्चार समुह नेपालले शेर्पा भाषामा उद्घोषण, फोटो पत्रकारिता, समाचार लेखन लगायतका तालिमहरु दिदै आई रहेको छ । संस्थाले शेर्पा भाषामा टेलिभिजन कार्यक्रम, रेडियो कार्यक्रम निर्माण गरि प्रशारण समेत गरि रहेको छ ।