एक दिने शिक्षण सिकाई तालिम सम्पन्न
कार्मा शेर्पा ( काठमाण्डौ, २० माघ । सि।टि।एफ नेपालले आयोजना गरिएको प्रथामिक तहको गणित बिषयको एक दिने कार्याशाला तालिम काठमाण्डौँको बागबजार स्थित सि।टि। एफको कार्यालयमा सम्पन्न गरियो । यस तालिममा बिभिन्न स्कुलबाट बिषयगत शिक्षक शिक्षिकाहरुको सहभागित भएको थियो । तालिम प्र्रशिक्षक त्रिभूवन विश्वबिधालयवाट गणित बिषयमा एम फिल गरिएको शिक्षक निरोज दाहलले दिनु भयो । यो तालिमबाट शिक्षकहरुले बिधार्थीहरुलाई आजसम्मा दिईएको शिक्षाको शैक्षिका पठायक्रमा निकै गुनस्तर रहेत पनि स्कुलका स(साना बालबालिकाहरुले बुझना कठिन भएकोले आगामी दिनमा शिक्षा मन्त्रलयबाट स्वीकृति प्रप्त भएर अएको पुस्तकको पठयक्राम अनुसार मात्र पढाउनु पर्ने र बिधार्थीहरुले सजिलै बझनाका लागि व्याबहारिक रुपमा घरेलु समाग्रीहरुको प्रयोग द्धारा सिकाई बिषयमा बिषयगत तालिम दिनु भएको थियो । उक्त तालिममा १५ देखि २० ओटा स्कुलका शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो । सहभागितमा शिक्षकहरुको संख्य ५ प्रतिशत रहेको छ भने शिक्षिकको संख्य ९५ प्रतिशत रहेको थियो । समग्रमा बर्तमान स्थितिमा हेर्ने हो भने शिक्षकको सख्य भन्दा शिक्षिकाहरुको संख्य बढ्दो मात्रमा देखिएको पाईन्छ । यो तालिममा बिशेष गरी प्रथामिक तहको सम्पूर्ण बिषयका बिषयगत शिक्षक शिक्षिकाहरुलाई बिशेष प्रथामिकता दिईएको थियो । बिगतको दिनहरुमा यो तालिम पूर्वा प्रथामिक तहको शिक्षक शिक्षिकाहरुमा मात्र सिमित थियो बने गत बर्षादेखि प्रथामिक तह सम्माका लागि सञ्चालनमा लेइएको छ । सि।टि।एफ नेपालले यो शिक्षण सिकाई प्रथामिक तहसम्मा राख्नु मुख्य उदेश्य भनेको बिधार्थीहरु कक्षाकोठमा आईसके पछि शरिरिक या मानासिक यातनबाट बन्चित गराई ब्यावहारिक ज्ञानमा बढि प्रथामिकत होस र बिधार्थीहरुले सरल तरिकाले सिकेको कुराहरु बुझ्न सकोस भनेर सँस्थापक अथाव प्रधानध्यापक बद्रि सरले बताउनु भयो ।