शेर्पा संचार समुह नेपालको निवर्तमान अध्यक्ष डोमा शेर्पाले आफ्नो सगरमाथा आरोहण अभियानको बारेमा जानकारी दिनको लागि पत्रकार सम्मेलनको आयोजना गर्न लागेको छ । उनी शेर्पा समुदायबाट पहिलो शेर्पा महिला पत्रकार सगरमाथा आरोहणको तयारीमा रहेका छिन् । २०१८ को अप्रिलमा सगरमाथा आरोहणको क्रममा रहेको शेर्पाले यस अघि ६१८९ मिटर उचाईमा रहेको आइसल्यान्ड पिक आरोहण गरिसकेका छन् । माघ २६ गते गर्न लागेको पत्रकार सम्मेलनमा सम्पूर्ण शेर्पा संघ संस्थाका प्रतिनिधि र पत्रकारहरुलाई नेपाल टुरिजम बोर्ड भृकुटीमण्डपमा उपस्थित भई समाचार सम्प्रेषण गरि दिन अनुरोध गरेका छन् । शेर्पाकी छोरी त्यसमा पनि पत्रकारिता पेसामा आबद्ध रहेकी उनी सोलुखुम्बु दुधकुण्ड नगरपालिका वडा नं. २ मा जन्मेका हुन । हाल उनी आदिबसी जनजाती युवा महासंघको महिला उपाध्यक्ष, र इन्डिजिनियस टेलिभिजनमा (हिमाली आवाज) कार्यक्रमको उत्पादक एवम् कार्यक्रम प्रस्तोता रहेकी छिन ।