लालीगुराँस युवा क्लबको १३ औं वार्षिकोत्सबको अवसरमा शनिबार वनभोज कार्यक्रम सम्पन्न भएको छ। काठमाडौको राष्ट्रिय सहिद तथा शान्ति पार्क गोकर्ण जंगलमा ” वनभोज जाऔं,आपसी मित्रता र सद्भाव बढाऔं” भन्ने मुल नारासहित संस्थाको बाह्रौं वार्षिकोत्सबको अवसरमा वनभोज कार्यक्रम सम्पन भएको जनाइएको छ। एक आपसमा आपसी चिनजान र सामाजिक सद्भावका साथै वनभोज कार्यक्रमबाट बाकी रहेको रकम सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका वडा नं-५ भकान्जेमा निर्माण हुँदै गरेको क्लिनिक भवनको निर्माण कार्य सप्पन्न गर्नका प्रयोग हुने आयोजक संस्थाका सदस्य तथा हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका महासचिव सेर्कु शेर्पाले बताउनुभयो।

प्राकृतिक सुन्दरले भरिपूर्ण गोकर्णमा भएको वनभोजमा बृहत संगीतिक कार्यक्रम सहित आपसी सद्भाव र आफ्नो गाउँ आफै बनाऔं भनी वनभोज कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष श्याम कार्कीले बताइएको छ। उहाँ अनुसार सोलुखुम्बु जिल्लाको भकान्जेमा स्वस्थ्य चौकी भएता पनि माथिल्लो भेगका जनताका लागि धेरै दुख खेप्नुपरेको पीडालाई मध्यनजर गर्दै सगर भकान्जे सामुदायिक क्लिनिक स्थापन गर्न लागिपरेको बताउनुभएको छ। माथिल्लो लेकाली बस्तीमा स्वस्थकर्मी र डाक्टरहरु आएता पनि लेक लागेर बस्न नसक्ने समस्यालाई मुक्त गर्ने अभियान रहेको समेत जनाइएको छ।
यो सामुदायिक क्लिनिकको निर्माण कार्य सप्पन्न भएको खण्डमा भकान्जे बसीले आपतकालीन समस्याबाट मुक्ति मिल्ने अध्यक्ष कार्कीको दाबी छ।

वनभोज कार्यक्रममा उपस्थिति हुनका लागि आउने जाने विभिन्न रुटमा गाडीको समेत व्यवस्था मिलाएको अध्यक्षले बताउनुभयो।उक्त लालीगुराँस युवा क्लबद्वारा आयोजित वनभोज कार्यक्रममा विभिन्न खाजा र खानाका परिकारको साथमा वनभोज कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। ५देखि १० वर्ष भन्दा कम उमेरका बालबालिकाहरुको लागि टिकट रु ६०० र त्यसभन्दा माथीको उमेरका सबैलाई रु १२०० टिकटको शुल्कका साथ सम्पन्न भएको वनभोज कार्यक्रममा दुई सय भन्दा बढी वनभोज मनाउने टोलिको उपस्थिति रहेको थियो।