२० पुस, काठमाडौं । काठमाडौं उपत्यकामा भइरहेको सडक विस्तारका कारण आफूहरु मारमा परेको भन्दै सडक विस्तारपीडित संघर्ष समितिले वुधबार आहृवान गरेको उपत्यका बन्दको सामान्य प्रभाव परेको छ । राजधानीका सडकमा निजी सवारसाधन गुडे पनि सार्वजनिक सवारी साधन भने निकै कम गुडेका छन् । सार्वजनिक सवारी साधन नगुड्दा सर्वसाधारण नागरिकको दैनिकी प्रभावित भएको छ ।…