खुम्बु पासाङ्ग ल्हमु गाउँपालिका साविकको खुम्जुङ्ग गा. वि. सा क्यावरोक गोन्पाको अवतारी लामा ङवाङ तेन्जीङ हाल ओखलढुङ्गा सिद्धिचरण नगरपलिका तोलु गोन्पाको प्रमुख लामा ( लामा कुकी ) को ९७ बर्षको उमेरमा निधन भएको छ । उहाँको पार्थिव शरिर पूर्णिमा सम्म बौद्ध परम्परानुसार पूजा तथा श्रद्धानजलीको लागि शेर्पा सेवा केन्द्र बौद्धमा राखिएको छ । हाल थुकतम समाधि पश्चातको निर्वाना प्रकृयाको ध्यानमा रहनु भएकाले सम्भावना भए सम्म ध्यान भंग भएमा यही माघ १७ गते बुधाबार विहान शव यात्रा गरी संस्कार गरिने परिवारका सदस्य पूर्व सभासद आङ दावा शेर्पाले जनाकारी दिनु भायो ।