लोसारको अवसरमा शेर्पा यूवाहरूबीच शेर्पा भाषा बक्तृत्वकला प्रतियोगिता हुने भएको छ । हिमालयन शेर्पा संस्कृति केन्दले विगत केही वर्ष देखि लोसारको अवसरमा साम्दे शेर्पा स्मृति वक्तृत्वकला प्रतियोगिता अायोजना गर्दै अाई रहेको छ । शेर्पा समुदायमा मातृ भाषाको प्रयोगमा अाउन थालेपछि शेर्पा भाषा संरक्षण गर्ने उदेश्यले यो प्रतियोगिता अायोजना गरिएको अायोजकले जनाएको छ ।

हस्यव्याङ्ग्य कलाकार साम्दे शेर्पा स्मृतिमा हिमालयन शेर्पा संस्कृतिक केन्द्ले अायोजना गरिएको वक्तृत्वकला प्रतियोगिता शेर्पा युवाहरुमा भाषाको प्रयोग विकाश होस भन्ने उदेश्यले अायोजना गरिएको केन्दका वरिष्ठ उपाध्यक्ष अाङ डोमा शेर्पाले बताए । शेर्पा भाषा संरक्षणमा युवा पुस्ताको ध्यान नजाने हो भने शेर्पा समुदायको भाषा, पहिचान नै संकटमा पर्न सक्ने भएकाले प्रतियोगितामा सहभागी हुन सबैलाई अाग्राह गरिएको छ ।