शेर्पा संघ दक्षिण कोरियाद्धारा नजिकैदै गरेको कोरियन नयाँ वर्षा (सलनाल) मा नेपालीहरुको मौलिक चाड मे मो च्या लो २१४४ औ ग्याल्बो ल्होसार विशेष सांस्कृतिक कार्यक्रमको प्रचार प्रशार तिब्र परिएको छ। 

शेर्पा संघद्धारा बिभिन्न संघ संस्थाद्धारा आयोजित कार्यक्रम मार्फत प्रोमो पोस्टर सार्वजनिक गरेको छ। यसैक्रममा गत आइतबार सउलमा सम्पन्न तमू ल्होसार कार्यक्रममा संस्कृतीक कार्यक्रमको पोष्टर सार्वजनिक गरिएको थियो । बिगतको भन्दा कार्यक्रम भब्य सफल बनाउन स्थान देखि लिएर हरेक कुराको ब्यावस्थापन नयाँ र फरक तरिकाले ब्यवस्थित्त गरिएको शेर्पा संघको अध्यक्ष सेर साङबो शेर्पाले बताउनुभयो।

कार्यक्रमलाई भब्य रुपले सफल पार्न नेपालबाट चर्चित गायक लक्पा शेर्पा (आमोद)र डि जे ङवाङ शेर्पा कोरिया आउने भएका छन्। कार्यक्रममा ल्होसररको शुभकामना आदान प्रदान गर्नुको साथै कोरियामा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको लामो समय देखीको कामको थकान कम गरि मनोरञ्जन दिन र परदेशी भुमीमा रहेर पनि आफ्नो भाषा, धर्म,कला ,संस्कृति जोगाउनका निम्ति यस्तो कार्यक्रमको आयोजना गर्न लागेको शेर्पा किदुग दक्षिण कोरियाका उपाध्यक्ष साङगे शेर्पा लामाले बताउनु भएका छन । कार्यक्रम सौलको छुंगाक स्टेसन नजिकै जनवरी २८ कादिन साँझ स्थानीय समय अनुसार ६ बजे देखि बिहान ६ बजे सम्म हुने उपाध्यक्ष लामाले बताउनु भएको छ । साथै संस्था द्वारा आपातकालीन राहात कोष स्थापनाको लागि जनवरी १ मा खोल्ने भनिएको भाग्यशाली बम्पर उपहार कार्यक्रम पनि ल्होसार साँझ कै अवसर पारी खोल्ने निर्णय गरेको पनि उपाध्यक्ष लामाले जानकारी दिनु भएको छ । जनवरी २८ का दिन हुने उक्त ग्याल्बो ल्होसर कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफलता पुर्वक सप्पन्न गर्नका लागि त्यहाँ स्थित सम्पुर्ण नेपाली संघसंस्था लगायत शेर्पा समुदायका सबैमा हार्दिक अपिल गरेका छन ,यस कार्यक्रम मार्फत समुदय बिच पारस्परिक सम्बन्ध कायम हुने बिश्वास लिएको पनि लामाले बताउनु भएको छ ।