शेर्पा संघ जापानले यस बर्षको ग्याल्बो ल्होसार भव्यताका साथ मनाउने भएको छ । बिगतका बर्षहरुमा झैँ यस बर्ष पनि शेर्पा संघ जापानले नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पाहरुको मूख्य पर्ब ल्होसारलाई भब्य रुपमा मनाउने तयारी गरेको हो । हिमाली शेर्पा समुदायहरुको नयाँ बर्ष २१४५ औँ स फो खी लो (कुकुर बर्ष) ग्याल्बो ल्होसारलाई अविश्मरणीय र मनोरञ्जनात्मक बनाउन शेर्पा संघ जापान तिब्र तयारीमा जुटेको छ । फेब्रअरी १८ तारिखका दिन तय गरिएको ल्होसार बिशेष कार्यक्रमको तयारी भईरहेको आयोजक समितिका सदस्य फुर लाक्पा शेर्पाले जानकारी दिनुभएको छ ।
कार्यक्रममा बिशेष गरी हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा जातीको कला ,भेषभुषा र संस्कृतीको प्रचार प्रसार गर्ने हेतुले सोही दीन शेर्पा जातीको सीली नाच ,सेप्रु नाच लगायतका साँस्कृतिक प्रदर्शन ,शेर्पा खाध्य पदार्थ तथा पेय पदार्थको सेवान तथा नेपाली कलाकारहरुले बिभिन्न नेपाली संस्कृति झल्कने नृत्य तथा गित संगीतहरु प्रस्तुत गर्ने छन् भने डिजे शेसनले कार्यक्रमलाई थप सांगीतिक माहौल तथा मनोरन्जन प्रदान गर्ने छन्।

कार्यक्रम टोकियो स्थित हामामाचु स्टेशन नजिकै रहेको मन्दिर रेष्टुरेष्टमा हुनेछ । बिहान ११ बजे देखि साँझ ५ बजेसम्म हुने र कार्यक्रममा शेर्पा समुदायको पोशाक तथा विभिन्न साँस्कृतिक प्रदर्शन र कार्यक्रम गर्ने गरी हाललाई हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा जातीको रहनसहनसंग मिल्ने गरी शेर्पा जातीको समपुर्ण संस्कृतीको अध्यन गर्न सकिने गरी भौतिक संरचना निर्माण गरिने शेर्पा संघले जनाएको छ ।
कार्यक्रममा जापान स्थित नेपाली दूताबास, एनआरएन र बिभिन्न नेपाली संघ संस्थाका पदाधीकारी, शेर्पा तथा गैर शेर्पाहरु लगायत समपूर्ण जापानबासी नेपालीहरुलाई हार्दिकताका साथ उपस्थित भइदिन शेर्पा संघ जापानले आमन्त्रण गरिएको छ ।
प्रवासमा रहेर नेपाली भाषा, धर्म, सांस्कृतिको संरक्षण तथा प्रवर्दन गर्न सांस्कृतिक पर्व ल्होसार मनाउन लागेको संघका अध्यक्ष लाक्पा गेलु शेर्पाले जानकारी गराउनु भएको छ । साथै जापानमा स्थापना भएको नेपाली भाषी संघ संस्था र नेपालीहरुबिच एकता, समन्वय, सदभाव बढाउनुको साथै कार्य ब्यस्तताका कारण उत्पन्न तनाब र थकानलाई न्यूनिकरण गर्दै आफ्नो पन महसुस गराउन यस कार्यक्रमले सहयोग पुराउने अध्यक्ष शेर्पाले बताएका छन ।
संघका अध्यक्ष शेर्पाले जापान बासी सम्पूर्ण नेपालीहरूलाई ल्होसार कार्यक्रममा सहभागी भई शेर्पा जातीको संस्कार संस्कृतीको अध्यनसंगै भरपुर मनोरञ्जन लिन बिशेष आग्रह गरेका छन् । कार्यक्रमको प्रत्यक्ष प्रसारण भिबिन्न अनलाईन मिाडियाहरुबाट प्रशारण गरिने छ भने भिबिन्न अनलाईन समचारहरु मिडिया पार्टनरको रुपमा रहनेछ ।
जापानको कानुन अनुसार दर्ता भएको शेर्पा संघ जापान नेपाली समाजिक संस्था हो । शेर्पा संघले जापान बासी नेपाली समुदायलाई आपतविपदमा आर्र्थिक तथा भौतिक रुपमा बिभिन्न सहयोगहरु गर्दै आएको छ ।