शेर्पा भाषा संरक्षणको मुख्य उदेश्य लिएर शेर्पा फुदोजिन ल्यागोईज एण्ड ट्रेनिङ सेन्टरले साप्ताहि रुपमा शेर्पा भाषा कक्षा सुरु गरेको छ । नेपालको विभिन्न भुभागबाट काठमाडौंमा आएर बसोबास गरिरहेको शेर्पाहरुको आफ्नो छोराछोरीलाई शेर्पा भाषा सिकाएर शेर्पा समुदायको संस्कृतिको रक्षामा थप टेवा पुगोस् भन्ने हेतुले यस सेन्टरले  प्रत्येक शनिबार २ दुई घण्टाको दरले आधारभूत ६ महिने शेर्पा भाषा कक्षा सुरु गरिएको हो । सम्पुर्ण शेर्पा समुदायका बालबालिकालाई शेर्पा भाषा सकाउन जरुरत रहेको भन्दै शेर्पा भाषा संसंरक्षणमा केही हद सम्मा टेवा पुर्‍याउने हेतुले शेर्पा  फुदोउजिन ल्याङग्वेज एण्ड ट्रेनिङ्ग सेन्टरले कक्षा सुरु गरेको सेन्टरका प्रबन्ध निर्देशक नुरु शेर्पाले जनाकारी दिनु भयो ।

विश्वबरी शेर्पा भाषाको संरक्षणका निम्ति बहस चलिरहेको बेला निजी क्षेत्रबाट भाषा सिकाउने अभियान समुदायमा सकरात्मक पहलको रुपमा लिन सकिन्छ । बौद्ध ६ फुलबारी सुरू हुने शेर्पा भाषा कक्षा शेर्पा समुदायका बालबालिकालाई प्रथामिकतामा रखिएर कक्षा सञ्चालन गरिएको निर्देशक शेर्पाले बताउनु भयो ।

शेर्पा भाषा सिक्न चहाने शेर्पा बिद्यार्थीले निम्न ठेगनानमा सम्पर्क गर्न अाग्रह गरिएको छ ।

☎ 01-4910740
📱9862833591/9842949847
🌏 www.sherpafudoujin.edu.np
📨 info@sherpafudoujin.edu.np