संघीय लोकतान्त्रिक नेपालले पौष २७ गते राष्ट्रिय एकता दिवस एवं २०९६औं पृथ्वी ज्यन्ती भव्यताका साथ मनाएको छ । गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति विद्ययादेवी भण्डारीबाट राजकीय सम्मानका साथ पृथ्वी नारायण शाहको शालीकमा माल्यार्पण गरेर यो दिवसलाई राष्ट्रीय गरिमा र महत्व प्रदान गर्ने काम भयो । यो नेपाल र नेपाली जनताको लागि गर्व र गौरवको कुरा हो । साथै सरकारले पनि सार्वजनिक विदा दिएर यो दिवसलाई राष्ट्रिय सम्मानका साथ मनाउने काम ग¥यो । प्रधानमन्त्रि स्वयंले यस कार्यक्रममा उच्च महत्वका साथ सहभागिता दर्साएर नेपाल र नेपाली जनता प्रति सम्मान व्यक्त गर्ने काम गरियो । यो आफैमा सरहानीय कदम हो ।

नेपालमा २०६५ जेष्ठ १५ गते गणतन्त्र घोषणा संगै नेपाली जनताको चाहना, भावना एवं आन्दोलनको उद्देश्य र जनादेश बमोजिम राजतन्त्रको विधिगत र औपचारिक रुपमा अन्त्य भयो । यो ६० वर्ष देखि नेपाली जनताको चाहना र भावना थियो । जसलाई संविधान सभा मार्फत संविधान निामार्ण गरि गणतन्त्र नेपाल निमार्ण गर्ने २००७ साल देखि नेपाली जनताको चाहना २०६५ सालमा पूरा भएको थियो । २४० बर्ष नेपालमा निरंकुश राजतन्त्रणले नेपाल र नेपालीको समग्र विकास गर्न नसकेको र व्यक्तिगत रुपमा मुलुकको स्रोत र साधन आफ्नो निजि सुविधाको लागि प्रयोेग गर्दै आएको आरोप राजतन्त्रले खेपि रहनु प¥यो ।

पृथ्वी नारायण शाहले एकिकरण गरेको नेपालमा त्यसपछि २०६५ जेष्ठ १४ गते सम्म विभिन्न परिवेशमा रहेपनि राजतन्त्र कायम रहेको थियो । यसरी विभिन्न परिवेस र आन्दोलनका कारण राजतन्त्रको अन्त्य भयो । तर नेपाली जनताले नेपाल र नेपाली जनतालाई नाम र पहिचान दिने शाह वंसका पहिलो राजा पृथ्वी नारायण शाहलाई भुलन र विर्सन सकेनन् । जसको कारण सरकारले पौष २७ गते सार्वजनिक विदा दिएर पृथ्वी ज्यनतीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउने निर्णय ग¥यो । यो नेपाली जनताको चाहना र भावनाको सम्मान हो ।

हाल नेपालमा संघिय लोकतान्त्रीक गणतन्त्रको पूर्ण कार्यान्वयन भै सकेको छ । नेपालको संविधान २०७२ ले परिकल्पना गरेको संघिय सरकार, प्रदेश सरकार र स्थानिय सरकार निमार्णको लागि संविधानले तोकेको समय सिमा भित्र २०७४ माघ ७ भित्र नै स्थानिय निर्वाचन र आम निर्वाचन सम्पन्न भै सकेको छ । स्थानिय तहमा स्थानिय सरकार गठन भएर त्यसले आफ्नो कारवाही सञ्चालनमा ल्याईसकेको छ । प्रदेश सरकार निमार्णको लागि प्रयाप्त गृह कार्य भै रहेको छ । निर्वाचनको एक चरण राष्ट्रिय सभाको निर्वाचन पनि माघ २४ गते गर्नको लागि निर्वाचन आयोग र सरकार दृढरुपमा लागि परेको अवस्था छ ।

यस अवस्थालाई हेर्दा राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भई फागुनको पहिलो हप्ता भित्र नयाँ जनादेश अनुसार गणतन्त्र नेपालले नयाँ सरकार गठन गर्ने काम गरिसक्ने स्पष्ट भएको छ । जनादेश अनुसार बामपन्थी गठबन्धनले प्रतिनिधि सभामा स्पष्ट बहुमत समेत लयाईसकेको अवस्था छ । कुनै ठूलै दुर्घटना भएन वा माओवादी केन्द्रले आफ्नो निर्णनय परिवर्तन गरेन भने बामपन्थी गठबन्धनको सरकार बन्ने ट्टकारो देखिन्छ ।
यसरी नेपाल अब राजनितिक लडाई र मुद्धाहरुबाट पार पाएर दिगो शान्ति आर्थिक संबृद्धि र विकास तर्फ अगाडी बढन मार्ग क्षेत्र तयार गरिरहेको बेला सरकारले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउनु र सर्वजनिक विदा दिनु सुखद कुरा हो । तर यसैलाई आधार बनाएर केही जनादेशबाट सिमान्तकृत गरिएका राजनितिक दल र व्यक्तिहरुले सरकारको कमजोरी र नेपालमा फेरि राजतन्त्रको पूनःआगमन सँग जोडेर चर्चा गर्न थालेका छन् । यो अत्यन्त हास्यास्पद कुरा हो । बिचरो उनिहरुलाई कठैवर भन्नुको विकल्प छैन ।

यसै प्रसंगमा नेपालका पूर्व नरेश ज्ञानेन्द्र शाहले भारत उतर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथसँग भएको भेटघाटलाई निकै अर्थपूर्ण रुपमा लिन थालेका छन् । छिमेकी मित्र राष्ट्र भारतले पनि नेपालमा बामपन्थीहरुको बहुमतलाई नरुचाएको स्पष्ट देखिन्छ । यस यघि पूर्व नरेश ज्ञानेन्द्र विभिन्न पटक भारत भ्रमण गएपनि कुनै पनि भेटघाटलाई यति महत्वका साथ सार्वजनि नगरेको भारतले मुख्यमन्त्री योगी आदित्यनाथसँग भएको भेटलाई महत्वका साथ सार्वजनिक गर्नु नेपालका राजनितिक दलहरुलाई नकारात्मक संदेश दिन खोजेकै हो । नेपालमा बढदै गएको जनमत र बामगठबन्धनको स्पष्ट बहुमत प्रति भारत चिन्तीत अवश्य छ । तर यो भारतको नेपाल प्रतिको गलत नितिकै कारण भएको हो । अझ नेपाल विरुद्ध लगाईएको नाकाबन्दीले नेपालमा भारत विरोधी भावना हावा सरी फैलियौं र गएको आम निर्वाचनमा जनताले त्यसलाई व्यक्त गरेका हुन । यो अर्थाथ सत्यलाई नबुझेर झिमेकि मित्र राष्ट्र भारतले दलहरुलाई पूर्व नरेश ज्ञानेन्द्रलाई राजनितिक विकल्पको रुपमा तयार गर्न खोजेको हो भने त्यो सदाको लागि अनिष्ट र दुभाग्यपूर्ण हुन सक्छ ।

नेपालमा गणतन्त्र स्थापना बार बुद्धे सम्झदारिको मार्ग चित्र अनुसार भएको हो । तर त्यो १२ बुद्धे सम्झदारीको पृष्ठ भूमीमा १७ हजार नेपाली जनता सहाद्धत प्राप्त गरका थिए । १२ बुद्धे समझदारी गर्न र गराउन छिमेकि मित्र भारत राष्ट्रको ठूलो सहयोग र सदभाव छ । त्यो गणतन्त्रवादी नेपाली जनताले कहिल्यै भूल्न र विर्सन सक्दैन । त्यो सदभाव नेपाल र भारत बीचको सम्बन्धमा कोसे ढुङगा भएर अगाडी बढने छ । नेपालमा गणतन्त्र कसैको निगाहबाट प्राप्त भएको होइन । संघिय लोकतान्त्रीक गणतन्त्र १० बर्षे जनयुद्ध दोस्रो ऐतिहासिक जनआन्दोलन, संविधानसभाको निर्वाचन र संविधान सभाद्वारा जारी नेपालको संविधान २०७२ बमोजिम प्राप्त भएको हो । भर्खरै सम्पन्न तिनै तहको निर्वाचनले गणतन्त्रलाई नेपाली जनताले व्यापक रुपमा अनुमोदन गर्दै आफ्नो जिवन शैलि बनाईसकेका छन् । नेपालमा संघीया लोकतान्त्रीक गणतन्त्रको विकल्प कसैले सोचन सक्दैन नेपाली जनता त्यस विरुद्ध जस्तो सुकै कदम उठउन त्यार भै सकेको अवस्था सबैले बुझन जरुरी छ ।

बहुआयामिक आजको विश्वमा नेपाल एक स्वतन्त्र, सार्वभौम र संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त राष्ट्र हो । सामरिक रुपमा पनि नेपाल विशाल दुई छिमेकी राष्ट्र भारत र चीनकोबीचमा छ । यो दुवै मित्र राष्ट्रको सन्तुलनबाट नै नेपाल आधुनिक एवं समुनत बन्न सक्छ भन्ने कुरालाई नेपाल र नेपाली जनता तथा आजको अन्तराष्ट्रिय समुदायले पनि बुझिसकेको छ । नेपाली जनाताको चाहना र नेपाली जनताको जनादेश विपरीत जाने हिम्मत र साहस जो कोही गर्न सक्दैन र गर्ने छैन । राष्ट्रिय एकता दिवसलाई जनादेशको यही भावनालाई स्थापित गर्ने कार्यमा लागनु सबै राजनिकि दल र नेताहरुको प्रमुख दायित्व हुन आउछ । ७७ जिल्ला ७ ओटा प्रदेशमा स्थापित संघिया लोकतान्त्रिक गणतन्त्र नेपालमा राष्ट्रिय एकताको भावना अझ बढी ट्टकारोका साथ बढिरहेको छ । एकताले नै कुनै पनि राष्ट्रको विकास र समृद्धि अगाडी बढाउन सक्छ भन्ने तथ्य हामी सबैले बुझनु जरुरी छ । २९६ औं पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसलाई संघीय लोकतान्त्रीक गणतन्त्रको संस्थागत गर्ने एउटा अर्को कदमको रुपमा बुझौं यसैमा नेपाल र नेपाली जनताको हित हुने छ ।

पत्रकार एवं स. प्रवक्ता राप्रपा प्रजातान्त्रिक

freelancerkiran@gmail.com