रियाङ एकेडेमीले युवाहरुको व्यक्तित्व विकासका साथै एक अर्कामा भएका कौतुहलतालाई मञ्चमा प्रस्तुत गर्न लगाउने एक दिने अन्तक्रियात्मक कार्यक्रम आयोजना गर्ने भएको छ । एकेडेमीले आउदो शनिवार पौष २९ गते अन्तरक्रियात्मक एव चियापान कार्यक्रम राखेको संस्थाका सञ्चालक आङ दोर्जी शेर्पाले जानकारी दिनुभएको छ । विशेष गरी युवा वर्गलाई सार्वजनिक कार्यक्रम, स्कुल, कलेजहरुमा स्टेजमा कसरी बोल्ने भन्ने विषयमा जानकारी दिनका लागि कार्यक्रम आयोजना गर्न लागेको पनि उहा“ले बताउनुभयो ।

 

२०१७ मा अन्तरखेल, जोरपाटी काठमाडौमा तालिम केन्द्र नै खोलेर युवा, विभिन्न संघसस्थाका व्याक्तिहरुलाई उद्घोषण, भाषण, सार्वजनिक कार्यक्रमहरुमा कसरी बोल्ने भन्ने विषयमा तालिम दिदै आएको जानकारी दिएका छन । कार्यक्रममा मिस शेर्पा २०१७ का विजेता सोनाम डोल्मा लामा शेर्पा लगायत १२ जना प्रतिस्प्रीधहरुको पनि सहभागी हुने आयोजकले जनाएको छ । महा“कल स्थित मेन्दो क्याफेमा हुन लागेको कार्यक्रममा रियाङ एकेडेमीमा प्रशिक्षण दिएका प्रशिक्षार्थीहरुले तालिम नलिदा र लिदाको बखत कति परिर्वतन तथा तालिम लिन कतिको जरुरत छ भन्ने विषयमा अनुभव पनि साटसाट गर्नेछ ।