ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिका वडा नं पाँच साबिकको खिजिफलाटे गा.वि.स वडा नं चार जिरिखार्कमा जन्मिनु भई हाल काठमाडांै महा नगरपालिका वडा नं तिन थाली ढांछीमा बस्दै आउनु भएका ङावा शेर्पा विगतको दिन बर्ष देखी ट्रेकिङ व्यवसाय सँगै समाज सेवामा लागिपरेका छन । शेर्पाले ओखलढुंगा खिजिदेम्बा पाँच निभारेमा रहेकोे श्री जन ज्योति आधारभूत विद्यालयमा रहेको एक सय अठह्तर (११७) जना विद्यार्थीहरुलाई कापी कलम वितरण सँग सँगै उक्त विद्यालयका सबै शिक्षक र कर्मचारीहरुलाई समेत मायाको चिनो वितरण गरेको विद्यालयका प्रधानध्यापक आङ याङ्डी शेर्पाले बताउनुभयो ।
विगतको दिनदेखि ट्रेकिङ व्यवसायमा लागि परेकोले उक्त व्यवसायबाट आएको टिप्स र पारिश्रमिक भत्ताबाट आर्थिक स्रोत जुट्याई विद्यालयलाई सहयोग वितरण गरेको सहयोगी शेर्पाले बताउनुभयो । विद्यार्थीहरुको पढाईमा हौसला र लगाव बढाउनका लागि सहयोग गरेको समेत शेर्पाले जनाइएको छ । यस अघि शेर्पाले लमजुङ जिल्लाको बुलबुलेमा दश कोठे विद्यालय भवन र खानेपानी निर्माण गर्न लमजुङकै सिरुङमा तेह्र कोठे विद्यालय भवनको ग्राउन्ड र पलस्टार त्यसैगरी खुदीमा गुम्बा निर्माण लगायत अन्य थुप्रै ठाउँमा सहयोग गरेको जनाइएको छ ।
आफूले राम्रोसंग शिक्षा ग्रहण गर्न नपाएको पीर र व्यथालाई मध्यनजर गर्दै सा–साना विद्यार्थीहरुलाई सहयोग गरेको ङावा शेर्पा बताउनु हुन्छ । यस अघि शेर्पाले खिजिदेम्बाकै स्रोतकेन्द्र खिजिफलाटेको फुलमती माध्यमिक विद्यालयलाई समेत तिन वर्ष सम्म सहयोग गरेको थियो । शेर्पाले आगामी दिनहरूमा समेत श्री जन ज्योति आधारभूत विद्यालयलाई महत्त्वपूर्ण साथ र सहयोग गर्ने प्रतिबद्धता समेत गरेको विद्यालय परिवारले जनाइएको छ । निरन्तर साथ र सहयोग गर्दै आउनुभएका ङावा शेर्पाले विद्यालयका विद्यार्थी र शिक्षक अभिभावकले भव्य रूपमा स्वागत गर्दै सहयोगको आशा निरन्तर गरेका छन् ।