पिके गेलेक दर्ग्यालिङ छोक्पाको छैटौं साधरणसभा काठमाडौमा सप्पन्न भएको छ । सोलुखुम्बु जिल्लको लिखुपिके १ (साविकको गोली गाबिस बाट काठमाडौंमा आई बसोबास गर्ने शेर्पाहरुको साझा संस्था पिके गेलेक दार्ग्यालिङ छोक्पा २०६७ सालमा स्थापना भएको हो । विशेष गरी सोलुखुम्बुको गोलीबाट काठमाडौ आएर बसेका शेर्पाहरुलाई सुख दु.खमा एकजुट गराई एक अर्कामा भएको भाइचारालाई अझ मजबुद गर्नको लागि र शेर्पा समुदायको भाषा धर्म संस्कार संस्कृतिका संरक्ष्ँण र संवद्धनका लागि स्थापना भएको छोक्प आफनो स्थापना कालदेखि नै निरन्तर रुपमा काम गरिरहेको सस्थाका सदस्य पासाङ शेर्पाले जानकारी दिएको छ ।

संस्थाको अध्यक्ष्ँ फुर्पा गेल्जेन शेर्पाको अध्यक्ष्ँतामा बसेको छोक्पाको साधरणसभामा संस्थाका सचिब आङ पेम्बा शेर्पाले अर्थिक बर्ष २०७३÷७४ को प्रगति प्रतिवेदन पेस गर्नुका साथै छोक्पाको वर्तमान कार्य सामितिको अध्यक्ष फुर्पा गेल्जेन शेर्पाको अध्यक्षतामा नंया १७ सदस्य कार्यसमिति गठन गरियो ।