नेपालमा बहुदलिय प्रजातन्त्रको पुनः स्थापना संगै २०४७ साल जेष्ठ १५ गते स्थापना भएको राप्रपा अनेक आरोह र अवरोहहरु पार गर्दै २०७४ साल मंसिर २१ गते राष्ट्रिय राजनीतिबाट अस्तित्व विहिन हुनु पुगेको छ । राप्रपा थापा र राप्रपा चन्द नामक २ राजनीतिक दल इतिहासको अनेक आरोह अव्रोहहरु पार गर्दै सब भन्दा बढी टुटफुट र विभाजनको मारमा प¥यो । सायद राप्रपा नेपालको राजनीतिक इतिहासमा सबभन्दा बढी विभाजन र एकताको रंगमञ्चमा नाटकीय पात्र बन्दै आइरहयो । नेपाली जनमतमा १७ प्रतिशत स्थान ओगटन सफल राप्रपाले मूलुकलाई २–२ ओटा प्रधानमन्त्री १ उपप्रधानमन्त्री र दर्जनौं मन्त्रीहरु दिन सफल भयो तर अफु भने कहिल्यै सग्लो र डल्लो रहिरहन सकेन । आखिर यो सबको कारण के हो ? दोषी को हो त ? यसको लेखा जोखा र विश्लेषण यतिबेला नगरौं किन भने संभावना र भविषय अझै बाकी रहेको छ ।

सुर्यबहादुर थापा र लोकेन्द्र बहादुर चन्दद्वारा प्रारम्भ गरिएको राजनितिक यात्रा कमल थापा,  पशुपति  शमशेर ज.ब. राणा र डा. प्रकाश चन्द लोहनी सम्म आईपुग्दा लगभग विर्सजनको विन्दूमा आईपुगियो । ३ ओटै दल राष्ट्रिय दल बन्न सफल रहेनन् । यसको लामो सृंखला बद्ध इतिहास केलाईरहनु अब समयको बर्वादी मात्र हुने छ ।

इतिहास र अनुभवले खारिएका यस पार्टीका नेताहरु सबल र सक्षम रहदा रहदै पनि आफूबिच मिलेर बस्न सक्ने दलिय संस्कार र पद्धतिको कमि रहेको देखियो । एउटै राजनितिक पृष्ठ भूमि, एउटै राजनितिक संस्कार भएका सो पार्टीका नेताहरुमा दलिय संस्कार र चरित्रको भने अभाव देखियो । यतिबेला कसैको पनि नाम उल्लेख नगरौं आफ्नै अहमता, दम्ब, घमण्ड र विभाजनको संस्कारको कारण आज नेपाली जनताले राप्रपा प्रजातिका ३ ओटै राजनितिक दल राप्रपा, राप्रपा प्रजातान्त्रिक र ए राप्रपालाई नेपालको संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संघिय संसदमा प्रतिनिधिसभामा प्रतिनिधित्व विहिन बनाईदिएका छन् । ३ ओटै राप्रपा राष्ट्रिय मान्यता प्राप्त गर्नु सफल रहेनन् । यसको २७ वर्षिय इतिहासमा झण्डै २७ पटक टुटफुट र विभाजन अनि एकता अनि फेरी टुटफुट र फेरी टुटफुट विभाजन अनि एकताको गोल चकरमा फसिनै रहयो । व्यक्तिगतरुपमा कसैलाई पनि दोष नदिउ । दोषीलाई समय र जनताले प्रयाप्त परिक्षण गरिसकेको छन् । समझदारलाई संकेत नै काफी हुन्छ भने झै आम चुनावको जनमतले राप्रपा प्रजातिका सबै नेता र कार्यकर्ताहरुलाई उपयुक्त स्थान र हैसियतमा राखिदिएको छ ।

अब राप्रपा प्रजातिका सबै नेता कार्यकर्ताहरुले परिवर्तनलाई पूर्ण रुपमा स्विकार गर्दै नेपालको संविधान २०७२ लाई आत्मसाथ गरेर आफना गलति, कमि कम्जोरीलाई सच्याएर अगाडि बढने हो भने सुदुर भविषयमा संभावनाको क्षितिज अझै देखा परिरहेको छ । त्यसको लागि अदम्य साहस, हिमत र धैर्ययता आवश्यक पर्दछ । जसको लागि नविन यूवा जोश, जागर र जेतनशिल क्रियाशिलताको आवश्यकता जरुरि पर्दछ । यूवा पुस्ताको आकर्षणको लागि पार्टीले परिवर्तन अग्रगमन र प्रगतिका एजेन्डाहरुलाई बैज्ञानिक व्यवहारिक रुपमा अगाढी सार्नु अति आवश्यक देखिन्छ । जनमतलाई हेरेर जनमतको भावना र चाहनालाई सम्मान गर्दै अब गणतन्त्र नेपाल निमार्णको यात्रामा लोकतान्त्रिक गठवन्धनको एउटा इमान्दार सहयात्रिको रुपमा राप्रपाको प्रजातिले अफूले अगाडी बढाउन सक्नुपर्दछ ।

यतिबेला राप्रपा प्रजातान्त्रिकका सबै नेता कार्यकर्ताहरु संग ३ ओटा विकल्प मात्र देखा परको छ । ती बिल्पहरुमा आफूलाई इमान्दार पूर्वक, बीना आग्रह पूर्वाग्रह अगाडि बढाउन सकियो भने नेपाली कांग्रेसको एउटा भरपर्दो सहयात्रीको रुपमा अगाडी उभिन सक्ने राजनितिक दलको रुपमा राप्रपा प्रजाति देखा पर्न सक्दछ । यसो भनिराख्दा कसैलाई तितो लाग्न सक्दछ तर अथार्थ यही हो ।

बिकल्प १ ः राप्रपा प्रजातिका ३ ओटै राजनितिक दल राप्रपा, राप्रपा प्रजातान्त्रिक र ए राप्रपा बीच सार्थक र बस्तुगत एकता र मेलमिलाप गरेर अगाडी बढने । भर्खरै निवार्चन हारेको मनस्थितिमा कसैले यो बिकल्प अगाडी सार्न अपठयारो पर्न सक्दछ । तर सबै खाले आग्रह, पूर्वाग्रह, अहम्ता र घमण्डलाई तीलाञ्जली दिएर एकै ठाउमा बसेर राजनितिक यात्रा गर्ने हिम्मत र शाहस गर्न सक्नु पर्दछ । यसले अझै एक चोटी राष्ट्रिय राजनितिमा राप्रपाको स्थान र भूमिकालाई स्थपित गर्न सक्द छ । मेहनत, इमान्दारिता र लगनशिल्ताको खाचो भने प्रयाप्त रुपमा आवश्यक पर्दछ ।

 

बिकल्प २ ः तत्काल एकता र मेलमिलापको संभावना देखिदैन । किनभने उही पात्र, उही प्रकृती र उही शैलीका बीच मेलमिलाप र एकता हुनुको कुनै अर्थ रहदैन भने तर्क बजारमा बलियो रुपमा स्थापित छ । यो अथार्थ भन्दा बाहिर होइन तर राजनितिमा असम्भव भन्ने केही हुदैन । झन नेपालको राजनितिमा हरेक संभावना खुल्ला र अर्थाथ रहेको देखिन्छ । त्यसका लागि आट र हिम्मतका साथ राप्रपा प्रजातिका सबै नेता कार्यकर्ताहरुले तीन ओटै आफना राजनितिक दलहरुलाई छुटा छुटै संगठनको रुपमा ससक्त र प्रभावकारि रुपमा अगाडी बढाउने समयले एक दिन कुनै पनि अवसर र संभावनाको ढोका अफै खोल्ने छ । त्यसको प्रतिक्षामा बस्ने ।

 

बिकल्प ३ ः देश अब दुई दलिय राजनितिक ध्रुवमा प्रवेश गरेको छ । गत आम निर्वाचनले ने.क.पा. एमाले र नेपाली कांग्रेसलाई प्रमुख राजनितिक शक्तिको रुपमा स्थापित गरिदिएको छ भने माओवादी केन्द्रलाई मुलुकको तेस्रो राजनितिक शक्तिको रुपमा स्थापित गर्दै रा.ज.पा. र शंघिया समाजवादी फोरमलाई राष्ट्रिय मान्यता प्राप्त राजनितिक दलको रुपमा स्थापित गरिदिएको छ । नेपालको यो भू धरातलीय अथार्थतालाई स्वीकार गरेर आ–आफ्नो भावना र चाहना अनुसार संस्थागत र संगठित रुपमा निर्णय गरेर नेपाली कांग्रेस र नेकपा एमाले वा अन्य राजनितिक दलहरुमा आवद्ध रहेर अगाडी बढने । ७ मध्ये ६ प्रदेश ७७ जिल्ला र सिंगो मूलुकमा लामो समय सम्म बामपन्थीको स्थिर सरकार बन्ने संभावना टडकारोरुपमा देखा परेको छ । यो अवस्थामा संविधान र जनताको विकाससंग सहकार्य गर्नको लागि सत्ता पक्ष वा प्रमुख प्रति पक्ष दलको छाता भित्र रहेर संगठन परिचालन गर्न सहज हुने भएकोले २ मध्ये १ गठवन्धनको नेतृत्वमा आवद्ध भएर अगाडी बढन सकेपनि राजनितिक भविषय र असतित्वको बचाउ गर्न सजिल्लो हुने देखिन्छ ।

 

यो बास्तविक्ता अथार्थ रुपमा आत्मसाथ गरेर आफनो राजनितिक भाग्य र भविषय चयन गर्नु यति बेला राप्रपा प्रजातिका सबै नेता र कार्यकर्ताहरुको पहिलो र अनिवार्य दायित्व देखिन्छ । अन्यथा भावि पुस्तालाई धोका बाहेक केही हुने छैन । राप्रपा स्थापनाकाल देखि आज सम्मको यो स्तम्भकार पनि एउटा सहयात्री भएकोले यो वासतविक्तालाई उजागर गर्ने प्रयास गरेको हो । मैले बारम्बार लेख्दै र बोल्दै आएको छु । यो जहा पनि लागु हुन्छ र संसार भरीको राजनितिक सत्य पनि यही हो । ‘फुटको भविष्य हुदैन, एकता र मेलमिलापको विकल्प हुदैन’ । अबको राजनितिक यात्रा संघिया लोकतान्त्रिक गणतन्त्र नेपालको संसथागत विकासमा नै केन्द्रित हुनुपर्दछ । आधुनिक र समुन्नत नेपाल निमार्णको सहयात्री बन्न राप्रपा फेरी पनि सबल र संक्षम हुने छ । मात्र आवश्यकता इमान्दारिता, लचक्ता र उदारता देखिन्छ । यो प्रयासको थालनी आजैबाट जरुरी देखिन्छ ।

पत्रकार एवं राजनितिक विश्लेषक

freenlancerkiran@gmail.com