सुन्दा अनौठो लाग्न सकिन्छ शेर्पाहरुको बाहुल्यता भएको शेर्पा बस्ती खुम्बुबाट अधिकारी वडा अध्यक्षमा कसरी निर्वाचित भए ? खुम्बु पासाङ्ग ल्हमु गाउँपालिका वडा नं. ४ को अध्यक्षमा बहुमतले निर्वाचित भएको अधिकारी खुम्बुमा एकै परिवार हुन् । स्थानिय तहको निर्वाचमा नेकपा एमालेको तर्फबाट उमेद्धारी दिएको अधिकारीको  राजनैतिक विचार, सिद्धन्ताका र आफुले गरेको कार्यको मुल्यकन गरेर आफुले जितेको बताउने अधिकारी खुम्बु क्षेत्रकै जनप्रमी युवा नेता हो ।

बहिराबाट हेर्दा खुम्बु धनी देखिएपनि खुम्बुमा धेरै समस्यहरु रहेकोर यसलाई हल गर्दै एउटा नमुना गाउँपालिकाको रुपमा स्थापित गर्ने उदेश्य रहेको अधिकारी बताउछन् । खुम्बु क्षेत्रबाट करोडौँ रकम राज्यको कोषमा जान्छ तर खुम्बु क्षेत्र बिकाशको लागि एक रुपैया लगनी गर्न नसकेको बताउँदै स्थानिय सरकारले खुम्बुको बिकाशका लागि सहज भएको छ । अधिकारीले आफु अधिकारी भए पनि खुम्बामा शेर्पा भाषालाई संरक्षण गर्न शेर्पा भाषा र लिपीलाई बिद्यालयको पठनपापठानमा लगाउन सकरात्मक पहल चालेको छ भने जहाँ जुन समुदायको बहुल्यता छ त्यहाँ त्यसै अनुसारको योजनाहरु लाग्नु पर्ने उनको भनाई छ । खुम्बुु क्षेत्र नमुना बनाउने उदेश्ले अगाडी बढेको अधिकारी सँग शेर्पा भाषा कार्यक्रम प्रस्तोता तथा निर्माता सोनाम याङजी शेर्पाले गरेको कुराकानीबाट पनि पुरा जनाकारी लिन सकिन्छ ।