खुम्बु पासाङल्हामु गाउ पालिका बासीद्वारा टिम्स कर्ड पूर्णरुपमा बहिष्कार गरेको छ । स्थानिय निर्वाचन सम्पन्न पस्चात नेपालको संविधान ले दिएको अधिकारलाई प्रयोग गरी गाउपालिकाले पर्यटन प्रवेश शुल्क गाउपालिकाले नै असुल्ने निर्णय गरेको थियो ।गाउ पालिकाको यो निर्णयलाई स्थानिय बासिले प्रसंसनिय कार्यको रूपमा समर्थन गरे पनि टान ले असुल्दै आएको टिम्स कार्ड र गाउ पालिका को दोहोर सुल्कका कारण पर्यटकहरू अन्योलमा पर्ने भएकोले टिम्सकार्ड बन्द गर्न गाउ पालिकाले बारम्बार टान लाई पत्राचार गरेको थियो 

गाउ पालिकाको निर्णयको विरोध गर्दै आज पुन टान ले गाउ पालिकाको वडा नं ३ छुमोवा मा रहेको चेक पोईन्ट खोल्न लाग्दा वाम गठबन्धन का युवा हरूले चेक पोईन्ट बन्द गरेको हो ।

“ काम गर्ने कालु मकै खाने भालु? खुम्बुलाई समृद्ध बनाउन चाहि हामि लागि पर्नु पर्ने अनि पैसा चाहि टिम्स ले लैजाने यो कुनै पनि हालतमा हामि हुन दिदानौ बारम्बार आग्रह गर्दा पनि अटेर गरेपछि बल प्रयोग गर्न बाध्य भयौं अब कहिल्यै खुम्बुमा टिम्स लागु हुदैन” युवा संघ अध्यक्ष पेम्बा नुरू शेर्पाले बताउनु भयो। विगत लामो समय देखी नेपाल गुम्न आउने पर्यटकहरूलाई टिम्स कार्ड मार्फत असुल्दै आईरहेको टान ले करोडौं रकम संकलन गरेर पनि खुम्बु क्षेत्रमा सो पैसा लगानी नगर्दा खुम्बु बासी आक्रोशित हुदै गाउ पालिकामा रहेको सम्पूर्ण संघ संस्था तथा स्थानिय बासि र युवाहरूको संयुक्त रूपमा टानको बोर्ड निकाल्दै शनिबार टिम्स कार्ड पुर्ण रूपमा बहिष्कार गरेको हो ।