१७ पुस, काठमाडौं । चिसो बढेपछि काठमाडौंमै हिउँ परेको छ । काठमाडौंको चन्द्रागिरि डाँडा हिउँले सेताम्मे भएको छ । चन्द्रागिरिको केबलकार टप स्टेशन, भालेश्वर मन्दिर, भ्यू टावर लगायतका क्षेत्रमा हिउँ परेको थियो । नयाँ वर्ष मनाउन चन्द्रागिरि पुगेकाहरु हिउँमा रमाएका देखिन्थे । पश्चिमी वायुको प्रभावका कारण बिकसित भएको मौसमी प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशभर…